रेल चढ्नै लागे नयाँ रकम

भारु. हजार र पाँच सयको नोट नचल्ने अवस्था बनेको बेला नेपालका निम्ति चीनमा निर्मित सय दरका २३ अर्ब रुपैयाँ भोलि भारतको कोलकाताबाट काठमाडौंका लागि चलान हुँदैछ । उक्त रकम सम्भवतः आइतबार नेपाल आइपुग्नेछ ।
रकम ढुवानी प्रयोजनका लागि नेपाल राष्ट्रबैंकका १५ जना कर्मचारी जहाज चढेर कोलकाता पुगेका छन् । उनीहरु रक्सौल नाका हुँदै रेलमार्गबाट आउने योजना छ । नेपाली सेनाको एउटा टुकडीले पहरा दिएर सो रकम काठमाडौंसम्म ल्याउनेछ । अहिले कोलकातामा १५ सयवटा बाकसमा ती रकम सुरक्षित छन् ।
पूर्वसहमतिअनुसार, डिसेम्बर ७ तारिखभित्र एक सय २० अर्ब भारु. नेपाल आइपुग्नुपर्नेमा भारतकै आन्तरिक समस्याका कारण हालका निम्ति यो योजना रद्द भएको छ । भारतले आफ्नै भूमिस्थित पाँच स्थानमा आफ्नालागि मुद्रा छपाई गर्दछ । नेपालले राणाकाल र त्योभन्दा अगाडि राजा जयप्रकाश मल्लकै पालामा पनि तिब्बत पठाउनका लागि स्वदेशमै सिक्का (टक्सार) उत्पादन गथ्र्यो । तर, त्यो चलन विस्तारै हट्दै गयो । हुँदाहुँदा नागरिकता, लाइसेन्सका होलोग्रामदेखि एसएलसीका प्रश्नपत्रसम्म भारतमा छपाई हुन थाले । हाम्रो मुद्रण विभागले ११ करोड रुपैयाँमा त्यस्तो कार्यको निम्ति सेक्युरिटी प्रेस राख्न सक्थ्यो । तर, कमिशनमोह र परनिर्भरता बढेपछि यस्ता कुरामा चासो राखोस् कसले ? अहिले दूध ढुवानी गर्ने क्रेटजस्तो भाँडोमा चीनबाट नोट ल्याउनुपर्ने स्थिति छ । प्रतिक्रेट २४ किलोको दरले नोट आउन लागेको हो । इण्डोनेशियाबा पनिट केही सिक्का आउँदैछ । त्यहाँबाट २० र ५० को नोट आइसकेको छ । अहिले कोलकातामै पनि त्यहाँको राज्य  र केन्द्र सरकारबीच नोटकै मामिलालाई लिएर लडाइँ छ । अरु राज्यमा पाँच सय र दुई हजारको नयाँ नोट पठाइएको, तर आफ्नो राज्यमा नपठाइएको भन्दै ३४ वर्षसम्मको कम्युनिष्ट शासन ढालेर मुख्यमन्त्री बनेकी ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आन्दोलनको घोषणा गरेकी छन् ।

टिप्पणीहरू