नखाएको विष लगाउन खोजे नि !

जनआस्थाको १० कात्तिकमा पृष्ठ ६ मा ‘बिहेलाई पेशा नबनाऊ न बिन्ती !’ शीर्षक लेखमाथि मेरो ध्यानाकृष्ट भयो । उक्त कथाव्यथामा मलाईसमेत जोडेर महिलाको चरित्रहत्या गरी कसरी निजलाई अंश हकबाट वञ्चित गर्न सकिन्छ भन्ने दूषित नियतले लेखिएको देखियो । संयुक्त नाममा रहेको घर बैंक कर्जा नतिरेका कारण लिलाम हुने स्थिति आइप¥यो, मेरो घर जाने भयो, कसरी जोगाउन सकिन्छ भनी दुखित हुँदै कानुनी सल्लाहका लागि ती महिला रौतहट जिल्ला अदालतमा पुगिन् । म श्रेस्तेदार भएको नाताले कुर्सीको कर्तव्य सम्झेर सो समयमा कानुनी सल्लाह दिएको मात्र हो । त्यसपछि मेरो सरुवा भई ०७२ भदौमा बाग्लुङ आएँ । अन्य सम्पूर्ण आरोप कपोलकल्पित र झुटा हुन् ।

कुलप्रसाद भण्डारी
उपरजिष्ट्रार
बाग्लुङ अदालत

टिप्पणीहरू