कागको रहर, मयुरको कहर « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

कागको रहर, मयुरको कहर

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:५१


  • संकेत कोइराला

एउटा काग आपूmलाई संसारको सबैभन्दा हिरो ठान्दो रहेछ । घुम्दै जाँदा एकदिन हिउँजस्तो सुकिलो बकुल्लासँग जम्काभेट भएपछि उसको घमण्डको पारो झरेर शून्यमा पुगेछ । बकुल्लाको सौन्दर्यमा लठ्ठ पर्दै जिज्ञासा राखेछ, ‘म आपूmलाई संसारको हिरो भन्ठान्थें तर तिमीलाई देखेपछि आपूmलाई फिका सम्झिन थालेको छु । तिम्रो जीवन कति सुन्दर होला । तिमी कति सुखी र खुसी हौला है !’ कागको बखान सुनेपछि बकुल्लाले चिसो सास फेर्दै भनेछ, ‘दुई पाटे सुगा नदेखुन्जेल त मलाई नि त्यस्तै लाग्थ्यो तर उसलाई भेटेपछि मैले सौन्दर्य नै बिर्सिएँ । आपूm हिरो हुँ भन्ने भ्रम टुट्यो । सुगाको सौन्दर्य पो सौन्दर्य ।’ कागले भेटाइदिन हुटहुटी लगाएपछि काग र बकुल्ला सुगाको अगाडि पुगेर प्रशंसाको बाँध बाँध्न थालेछन् । प्रशंसाबाट फुल्नुको साटो सुगाले सच्चा सौन्दर्य हेर्ने भए आपूmसँगै हिँड्न आग्रह गर्दै चिडियाखाना लगेर मयुरसँग भेट गराइदिएछ । मयुरको नौरंगी इन्द्रेणी छटाले भरिपूर्ण कायाकल्प देखेर काग र बकुल्ला तीन चित खाएछन् । उनीहरूलाई लागेछ, ‘यस्तो सौन्दर्यको खानीसँग त जे चितायो, त्यही पाउने सामथ्र्य हँुदो हो । स्वर्गको भोगले जीवन घेरिएको होला ।’ यही सोचेर काग र बकुल्लाले मयुरको बखान थालेछन् । बखानबाट झन् उद्वेलित मयुरले आँसु झार्दै भनेछ– ‘ यही सौन्दर्यका कारण आज म चिडियाखानाको चार दिवारभित्र कैद भएको छु । न रोजेर खान पाउँछु , न चाहेको ठाउँ जान सक्छु । सौन्दर्यले मलाई जिन्दगीभर बन्धक बनाएको छ । कालो भएर के भो ? तिमी सधैं स्वतन्त्र छौ । आफ्नो मर्जीको जीवन बाँचेका छौ । यदि अर्को जन्म हुने भए म पनि काग भएर जन्मिन पाऊँ ।’ मयुरको अनुभव सुनेपछि अरू पन्छीमा खनिएको राम्रो हुने भूतसवार एकाएक हराएछ ।
विश्वका उत्कृष्ट पारिलो घाम लाग्ने दश स्थान छान्दा नेपाल पनि अग्रस्थानमा पर्छ । संसारका समृद्ध मुलुक मानिने युरोप–अमेरिकामा रोपिएका बिरुवाले पाँच दशकको आयुमा लिएको उचाई यहाँको उत्कृष्ट हावापानीका कारण ती वनस्पतिले एक दशकमै प्राप्त गर्न सक्छन् । छोटो दूरीमा हिमाल, पहाडको चिसो र तराईको तातोभित्रको मौसमीय अलौकिक संयोजनको सुयोग यो धरालाई प्राप्त छ । नेपाली समाजको मनोविज्ञान हेर्नुस्– जहाँ सलादजस्तो सबैको अस्तित्व देखिने र सुपजस्तो दर्जनौं खानेकुराको रस मिसिएको एकमुष्ट सुस्वादिलो मिष्ठान्न पाउन सकिन्छ । स्वनामधन्य लेखनाथ पौड्याल, टोनी हागन, हर्क गुरुङ, डोरबहादुर विष्ट, सत्यमोहन जोशी, माधव घिमिरेका कृति हेर्नुस्, पढ्नुस्, छाम्नुस् अनि आँखा चिम्लँदै सत्य चिहाएर आफ्नो मुटुलाई सोध्नुस् त मुटुको धड्कनले भन्नेछ, ‘सौन्दर्यको जीजिविषामा भड्किएका काग र तिमीहरू उस्तै हौ । मयुरको नौरंगी आभूषणलाई सत्य ठानेर भड्किने काम बन्द गर । बाहिरको आवरण र भित्रको सत्यमा आकाश–जमिनको फरक छ । जतिसुकै आकर्षक भएपनि कागजको पूmलमा भमरा आएर बस्दैन । स्वतन्त्रताविनाको स्वाधीनताको कुनै अर्थ छैन । जुन चिजलाई हिउँ ठान्छौ, फगत त्यो कपासको डंगुर सावित हुनेछ । त्यसैले तुलना गरेर दुःखी हुने काम अहिले बन्द गर नेपाली आत्माहरू †’
नेपालका लागि संसारमा चलेका कुनै शासकीय मोडलको नक्कल जरुरत छैन । डेढ दशक काटमारमा फसेको मुलुक शान्तिको यात्रासँगै पूर्ववत अवस्थामा फर्कियो । समाजको हार्दिक सामीप्य सही सलामत रह्यो । घटनालाई नियति ठानेर दुवै पक्षले एकअर्कालाई क्षमादान दिए । आपूmले गरेको उत्कृष्ट फसल बीउका लागि जोगाड गर्ने दूरदर्शी चरित्रका कारण नेपालमा भोकमरी नामको पदार्थ न हिजो थियो, न आज छ न त भोलि नै रहनेछ । नाता लगाएर फरासिलो भएर बोल्ने संस्कृति संसारका कमै ठाउँमा पाइन्छ । दुःख लुकाउने अद्भुत कला नेपालीसँग मात्र छ । अमेरिकामा बाहिर हेर्दा चरम स्वतन्त्रता देखिन्छ तर अलि जोडले हाछ्यूँ गर्नुभयो भने घर पुग्दा कम्प्युटरमा राज्यले खोटा हानिसकेको हुन्छ । हर्जनाको रकम बुझाउँदा घण्टे उर्दीको घनचक्करले तोरीको पूmल देख्ने नेपालीको संख्या गनिसाध्य छैन । चक्रव्यूहको चपेटामा फसेका उनीहरूले हाँस्न बिर्सिसकेका हुन्छन् । हाँस्नेहरूप्रति उनीहरूको कटाक्ष फेसबुकमै हेरे प्रस्ट हुन्छ । सबैथोक पाएर पनि केही नपाएको एकांकी जीवन उनीहरूका लागि उपहार हुन पुग्छ । सडकमा थुकेको हर्जानासमेत न्यूनतम ५ सय रियाल तिराउने खाडीको कुरै नगरौं । युरोप, एसियाका समृद्ध देशमा समेत नेपालमा जस्तो जनता हिरो भएको दृश्य कहीँ देख्न दुर्लभ हुन्छ । अरूको सौन्दर्यमा रमाउने हामीले मुलुकका तीनवटा कार्यकारी पद महिलाले पाएको विश्व इतिहासको दुर्लभ दृश्य राजनीतिक बाहिरी संसारमा लानै सकेनौं । अमेरिकी राजनीतिमा अत्यन्त शक्तिशाली मानिने विदेश मन्त्रालयसमेत सम्हालेकी हिलारी क्लिन्टन विश्वका करोडौं करोड शुभेच्छुको शुभेच्छाका बाबजुद हार्न पुगिन् । जबकि कुर्सी नहुँदा पनि विश्वमै सर्वाधिक लोकप्रिय नेता बिल क्लिन्टन उनका सहकर्मी, सहधर्मी दुवै भएर पनि त्यो ताज हात पर्न सकेन । छिमेकी उत्तरतिरका जनता कामबाहेक अरू चिन्दैनन् । राज्यले दिएको सर्वसुलभ सुविधा पनि त्यही नै हो । दक्षिणको छिमेकी देश नभएर महादेश हो । त्यहाँका शासकले आफ्नै देशको शासकीय बागडोर सम्हाल्न सकेको इतिहास छैन । एकातिरका किसान समृद्ध देश बोक्ने हिम्मत गर्छन् अर्कातिर त्यही देशका किसान सरकारको ऋण तिर्न नसक्दा आत्महत्या गर्छन् । जापान, कोरिया, थाइल्याण्ड समृद्ध बनेका मुलुकको आँखीझ्याल चिहाउनुस् त, त्यहाँ कामको विकल्प कामबाहेक केही हुन्न । देशको हित हेर्दाहेर्दै आपूmलाई बिर्सिंदा जन्मदर घटेर देश धान्नसमेत कठिन हुने अवस्थामा पुगेका छन् ।
हामी चिप्लिएका जरुर हौं तर लडेका हैनौं । जुन बेला संसार टुकी युगमा थियो, त्यसबेला बिजुली बाल्यौं । शासककै नाममा किन नहोस्, सिँचाइका लागि चन्द्रनहर बने । विश्व ढुंगेयुगमा हुँदा गेहेन्द्रसमशेरले मेसिनगन बनाए । काठमाडांैका मानवबस्तीभित्र बिजुली, टेलिफोन र केबुलका कालातारले एक्काइसौं शताब्दीको मानव सभ्यतामाथि धावा बोल्दा दशकौंअघि दरबारमार्ग, सिंहदरबार र न्युरोडको भूमिगत वायरिङले बताउँछ– हामीले नजानेर यस्तो अव्यवस्था कहाँ गरेको हो रहेछ र ? करोडको गाडी चढेर सडकमा गौरवकासाथ केराको बोक्रा फाली सरकारविरुद्ध फलाक्नेहरू ठूलो प्लेन चढेर अर्को माटो टेक्नासाथ चक्लेट खाएको खोल आफ्नो गोजीमा विसर्जन गर्ने नेपालीलाई असभ्य कसरी भन्न मिल्छ ? यहाँ गरिएका यावत् हेलचेक्र्याइँ लाटो छोराले बाउ घुक्र्याएजस्तै हो । सेना, पुलिस, निजामती, विश्वविद्यालयको उच्च जागिर त्यागेर बेलायत, अमेरिका छिर्नेहरूका समाचारले पोत्ने जति सवै ठाउँमा दृष्टिकोणअनुसार राय बझाउँछौं । तर, दुःख–सुख जे भए पनि आफ्नै धर्तीमा पाखुरी बजाएर खाइन्छ भन्दै विदेशको आकर्षक अवसर त्यागेर नेपाल फर्कनेहरू पनि उत्तिक्कै छन् । तर, हामी तिनीहरूलाई मूर्ख ठानेर मान्छेको सम्मान दिन डराउँछौं । किनकि हामीलाई राष्ट्रपतिमा जितेकी आफ्नो देशकी विद्या भण्डारीभन्दा हारेकी हिलारी क्लिन्टनको इतिहास प्यारो छ । जन्मदिने आमाभन्दा कर्म दिने आन्टीहरूप्रति श्रद्धा छ । यदि, विदेशीलाई मान्ने हो भने १४ हजार किलोमिटर पैदल यात्रा गरेर तिमीहरूको देशको भौगोलिक चिनारी हातमा राखिदिने टोनी हागनको त्यो विराट गुनप्रति खोइ हामी कृतज्ञ भएको ? नेपालका कुन भूवेत्ता वा राजनेताले त्यो काम गरेको छ ? देश विकासको अकाट्य मोडल दिने डा. हर्क गुरुङलाई भन्न पनि लाज हुने मत दिएर पराजित गर्ने त नेपाली मतदाता नै हुन् नि † डोरबहादुर विष्टले अहोरात्र भीरपाखा पहरा डुलेर नेपाली समाजको हुबहु परिचयको खाका दिए । तर हामीले समाजमा विभाजनको रेखा कोर्दै डोरबहादुरको सामाजिक सेतूको डोरी मुसा बनेर काट्यौं । भएका मान्यता किलो जरो उखेल्ने अनि नयाँ मान्यता स्थापित गर्न नसक्ने अचम्मको रोगले घरबार ग¥यो । नेपालमा बर्सेनि अर्बौंका सवारीसाधन किनबेच हुन्छ । यहाँका सडकमा कुदाइने मोटरसाइकलको लोकप्रिय मोडल भारतमा डिजाइन गर्ने काम नेपाली कामदारले नै गरेका छन् तर एउटा मोटरसाइकलको प्लान्ट नेपालमा स्थापना गर्ने चेत न उद्योगीमा छ, न योजना बनाउनेहरूमा । रामदेवले नेपालमै जन्मिएका बालकृष्णलाई सिखण्डी बनाएर यहाँका जडीबुटी भारत लाँदै छन् । उतैको गोमुत्रको जालसाजीमा परेर यता गाई मास्न उद्यत्लाई कृषिक्रान्तिका नायक बनाएर अविर जात्रा गर्ने काम हुन्छ ।
प्रसंग सनयात्सेनकालीन चीनको । दुई जना बाख्रा गोठाला रहेछन् । एउटा अत्यन्त पढन्ते अर्कोचाहिँ बाह्रमासे जुवाडे । जब बाख्रा चरनमा पुगे, उनीहरू स्वभावअनुसार एउटा जुवा र अर्को पढाइमा व्यस्त भए । दुवैका बाख्रा बालीमा पसेर सखाप पारेछन् । बालीधनीले अर्मलको माग गर्दै बाख्रा कब्जामा लिएछ । जुवाडे त जुवाडे भो, उसलाई दण्डित गर्ने सहमति भयो । तर, पढन्तेलाई के गर्ने भन्नेमा राय बाझ्यो । अन्तिम निर्णयका लागि ती दुवैलाई सनयात्सेन अगाडि हाजिर गराइयो । घटनाको सम्पूर्ण विवरण सुनेपछि उनले पैmसला सुनाए, ‘यी दुवै समान दण्डका भागी हुन् । जसरी जुवाडे जुवा नारेर कर्तव्यमा च्युत देखियो, त्यसरी नै पढन्ते पनि पढाइका नाममा आफ्नो मूल कर्मबाट चुकेको देखिन्छ । प्रकृति मात्र फरक हो तर दुवै फटाहा हुन् ।’ नेपाल किन हरेक सम्भावनाका बाटाबाट ओरालो लाग्यो ? यसको उत्तर पनि हाम्रो सवै तह र तप्काका मानिस बाख्रा गोठालाजस्तो भएर नै हो । फटाहा त फटाहा भए नै, शिक्षित र सज्जन भनिएकाहरूको पनि हिसाबको जोड एउटै परिणाममा आएर ठोक्किन्छ । कठ्यांग्रिँदो जाडोमा कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाएर आपूmचाहिँ एअरकन्डिसनमा रमाउने राजनीतिक बेइमानीको एन्टिभाइरस पत्ता नलगाएसम्म एक जोड एक दुई नभएर एघार बन्ने चटकी परिणाम कहिल्यै रोकिँदैन । दुःखको सबैभन्दा ठूलो मूल कारण आजको मानिस आपूmले पाएको दुखबाट कम, अरूको दुःख देखेर बढी चिन्तित छ । जहाँ ईष्र्या हुन्छ, त्यहाँ मानवताको बीउ भेटिन्न । हामी सत्य चाहन्छौं । तर असत्य छ । जीवन चाहन्छौं मरण छ । संयोग चाहन्छांै, वियोग छ । काम, क्रोध, लोभ, मोह त्यस्ता भाइरस हुन्, जसले श्रद्धा, प्रेम र विश्वासलाई सखाप पारिदिन्छन् । आपूm कमाएर आपैंm खानु मानव स्वभाव हो । आपूm नकमाई अरूको खोसेर खानु विकृति हो । आपूm कमाएर अरूलाई ख्वाउनु नै असल संस्कृति हो । सभ्यता हो । यसैले भनिन्छ– ‘मन कर्मी हो, बुद्धि ज्ञानी हो, आत्मा प्रेमी हो र प्रेम मुक्ति हो ।’
जिन्दगीको यो रजतपटमा हामी कोर्रा र खोर्सानीलाई पालैपालो आफ्नो रोजाइको विषय बनाउन बाध्य छौं । कोर्राको नीलडामले पोल्न थालेपछि खुर्सानी बिसेक लाग्छ भने खुर्सानीले राल–सिँगान भएपछि कोर्रा नै प्यारो लाग्छ । प्रकृतिको नियम नै संसारको अकाट्य संविधान हो । तपाईं एकपल्ट घोत्लिनुस् त मौरीलाई मह संग्रह गर्न कसले सिकायो ? लामुखुटे र उडुसले टोकेर भाग्ने ज्ञान कहाँबाट पाए ? तिनीहरूको कुनै स्कुल–कलेज छ ? हो, हामी झन् सतही भएका छौं । खाएर गर्ने वा गरेर खानेमा अल्मलिएका छौं । समग्रमा हामी त्यही बिरोलोजस्तो भएका छौं, जसले दूध चोरेर खाएको कसैले देख्दैन, कुटाइ खाएको सबैले देख्छ ।


प्रतिक्रिया दिनुहोस !