संसद पुनर्स्थापनाको निम्ति विद्यार्थीको बल

संसद पुनर्स्थापनाको निम्ति विद्यार्थीको बल

संयुक्त विद्यार्थी संगठनले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सरकारविरुध्द प्रदर्शन गरेका छन् । उनीहरूले आज नेपाल कमर्स क्याम्पस,मीनभवन बानेश्वरमा मसालजुलुससहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् ।

आजको प्रदर्शनमा नेविसंघ नेपाल कमर्स कलेज इकाई कमिटीका सभापति सरोज तिमल्सिना, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य केशरी रेग्मी,पवन कार्कीलगायतको सहभागिता थियो ।

प्रदर्शनकारीहरूले असंवैधानिक कदम खारेज गर,केपी ओली मूर्दावाद,केपी ओली राजीनामा दे, राष्ट्रघाती सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए ।यस्तै,आन्दोलनरत पाँच विद्यार्थी संगठनका अध्यक्षहरूले त्रिभुवन विश्वविद्यालयमा एम.फिल.पिएचडीको निम्ति बढाइएको शुल्कबृध्दि तत्काल फिर्ता गर्न,रि–इन्स्योरेन्स कम्पनी दर्ता गर्दा सरकारले व्यापक रुपमा अनियमितता गरेको पाइएकाले तत्काल छानबिन गर्न माग गरेका छन् ।विद्यार्थी संगठनले कोरोना कहरका विरुद्ध ज्यानको बाजी थापेर अग्रभागमा जुधेका स्वास्थ्यकर्मीहरूको सम्मानमा रत्नपार्कमा बनाइएको भित्तेचित्र मेट्ने र स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने उक्त निन्दनीय कार्यको घोर भर्त्सना गर्दै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल माफी माग्न आग्रहसमेत गरेका छन् ।आज बसेको विद्यार्थी संगठनको बैठकले भोलि असार १९ गते ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने,पर्सि असार २० गते प्रतिगमनविरुद्ध विद्यार्थी आन्दोलनका पूर्वअध्यक्ष तथा नेताहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने,पर्सि असार २१ गते संविधान जोगाउन संविधानको प्रति प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

टिप्पणीहरू