विडम्बना मात्र देख्न पाइने देश, विदेशमा

परिस्थितिले जहिले पनि पट्यारलाग्दो निरन्तरताबाट विकल्प, उल्झनबाट निकास, विकास र अग्रगमन खोज्दोरहेछ । मजबुत सुरक्षा र समृद्ध अर्थतन्त्रसहितको राष्ट्रवाद जनताको चाहना हुँदोरहेछ भन्ने कुरा अमेरिकी राष्ट्रपतिको चुनावी परिणामले देखाएको छ । राजनीतिक परिवर्तनपछि नेपाली जनताले खोजेको आर्थिक समृद्धिका बाटाको विकास, रोजगारी तथा सामाजिक सुरक्षाजस्ता कुरा ओझेलमा परे ।

सत्ताराजनीतिका लागि नैतिकता नै बन्धकी राखेर परिवर्तनका नेतृत्वकर्ता दल कुर्सीको पछि–पछि दौडिनाले राष्ट्रियता झन् खतरामा पर्दै गयो । दल र तिनका नेताप्रति जनताको विश्वास हराएर नकारात्मक भावनाको विकास हँुदै गयो । जनताको आशा निराशामा रूपान्तरण भयो । जसकारण समृद्धिका भोका नेपाली जनता तथा यहा“का ऊर्जावान युवाशक्ति विदेश पलायनको बाटो रोज्न बाध्य भए । देश हा“क्ने दल र तिनका वर्तमान नेतृत्वको होश खुलेको छैन । लएिको गँजडीझैं देशलाई खालमा राखेर कुर्सीको जुवा खेलिरहेको छ ।

परिस्थिति असाध्यै गम्भीर अवस्थामा छ । यस्तो बेला केपी ओली भारतविरुद्ध दुई÷चार तीता शब्द बोलेर नम्बर वन राष्ट्रवादी नेता बन्न सफल भएका छन् । तर, परिस्थितिले ट्रम्पलाई अमेरिकी राष्ट्रपति बनाएजस्तै ओलीलाई नेपालको राष्ट्रवादी बनाइदियो । यसैको बलमा नेपालमा अब हुने चुनावसमेत प्रभावित हुने अनुमान गरिँदै छ । यसरी सकारात्मक अग्रगमनको उत्कट प्यासले कहिलेकाहीँ असाध्यै पश्चगामी निर्णय गर्न आमजनता बाध्य हुने गरेको इतिहास जो–कोहीलाई थाहै छ । नेपालमा यसैको प्रतिविम्बस्वरूप राजतन्त्रका हिमायती चल्मलाइरहेका पनि देखिन्छन् । अग्रगामी विकल्प दिन सकिएन भने प्रतिगामी विकल्पले त्यो स्थान लिनु स्वाभाविक हुन जान्छ, त्यो लिन्छ नै † हो, यसैको विकल्प हामीले दिनुपरेको छ । यो दायित्व समयका हामी ऊर्जाशील र प्रगतिशील भनिएका युवा शक्तिको का“धमा आइपरेको छ । इतिहासले सुम्पेको महान् तथा ओजिलो भार ग्रहण गर्न हामी तयार छौं कि छैनौं ?

विकास, परिवर्तन र अग्रगमनको कार्यभार पूरा गर्न जनताको भावना र देशको आवश्यकतालाई समेट्ने खालको राजनीतिक कार्यदिशा, योजना, कार्यक्रम, संगठन र विचारसहित संगठित शक्तिको खाँचो थियो । सोही खा“चो परिपूर्तिका लागि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको जरुरत पर्न गयो । नया“ शक्ति पार्टी नेपालले त्यो मागलाई सम्बोधन गर्ने कोणबाट युवालाई संगठित गर्दै अघि बढेको छ । यसको राजनीतिक कार्यदिशा, संगठन, विचार र कार्यक्रम परम्परागत राजनीतिक दलको भन्दा फरक ढंगले अघि बढिरहेका छन् । नया“ घर बनाउँदा विल्कुल नया“ सामग्री प्रयोग गरेजस्तो राजनीतिक संगठन बनाउँदा नया“ मान्छे मात्रै भन्न नहुने रहेछ । किनकि समृद्ध राजनीतिक चेतको विकास गर्दासम्मको अवस्थामा उसले विभिन्न राजनीतिक, सामाजिक वा प्रशासनिक क्षेत्रमा योगदान पु¥याइसकेको हुन्छ । उसको नेतृत्वमा थुप्रै कार्य सम्पादन भइसकेका हुन सक्छन् । यहा“ खा“चो भर्जिनको भन्दा पनि नया“ र बदलिएको परिस्थितिअनुसार अग्रगमनको नेतृत्व गर्न सक्ने क्षमताको विकास र आफूलाई निरन्तर रूपान्तरण गर्न तयार नेतृत्वको हुन्छ ।

यसैले युवाको जोश, प्रविधिको ज्ञान र पुरानाको समृद्ध अनुभव तथा धैर्यको संयोजनबाटै अग्रगमनको यात्रा सही ढंगले अघि बढ्न सक्छ । यी सबै कुराको संयोजन नया“ शक्ति पार्टी नेपालले गर्न खोजेको देखिन्छ । यसले नेपालको राजनीतिमा जमेको पोखरी खोल्ने र अग्रगमनको नेतृत्व गर्ने कुरामा विश्वास गर्न सकिन्छ । आफू नया“ र रूपान्तरित भएको तर अर्को पुरानै भएको आरोप लगाइरहँ“दा यो सोचाइ नै वास्तवमा अग्रगमनको मूल बाधक हो भन्ने सत्य पनि ठम्याउन जरुरी छ । संघर्षको बाहिरी र भित्री दुबै पाटालाई सही दिशामा व्यवस्थित ढंगले सञ्चालन गर्दै युवाको सक्रियतामा राष्ट्रिय समृद्धिका सम्भावित ढोका खोल्न सकिनेछ । यसो हुन सकेको खण्डमा अमेरिकी जनताले ट्रम्प रोजेझैं ओलीलाई महान् राष्ट्रवादी ठानेर उनलाई रोज्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थाबाट नेपाली जनता र मुलुकलाई बचाउन सकिनेछ ।

टिप्पणीहरू