पहिरोमा दुलाहाहरू अलपत्र

पहिरोमा दुलाहाहरू अलपत्र

लगन र शुभ साइत छोप्ने गरी बेहुली लिन हिँडेका पाँच जना दुलाहा आज मुग्लिन–नारायणगढ सडक खण्डमा अलपत्र परेका छन् ।

बेलैमा दुलाहा र जन्ती नआइपुगेका कारण बेहुली र उनका घर गाउँले पनि सोधखोजमा लागेको स्पष्ट छ । सबैले पहिरोका कारण ढिलो भएको आफ्ना हुनेवाला ससुरालीलाई जानकारी गराइसकेका छन् ।

तर सडक नखुलेपछि उनीहरूले पहिरो नजिकै फोटो खिचाएरै चित्त बुझाएको र सामाजिक सन्जालमा पोस्ट गरी दुलही खलकलाई प्रमाण पेश गरेको जन्तीहरूले बताएका छन् ।

बायाँतर्फ नवदुलहीलाई उभ्याएर फोटो खिच्नुपर्ने बेलामा आफूजस्तै बेहुला बेहुला लाइन लागेर फोटो खिच्दा उनीहरूको मुहारमा खासै चमक देखिएको छैन ।

टिप्पणीहरू