सिक्किम पुग्दा अकस्मात् संकट

हैसियतविनाका मान्छे अवार्ड आयोजना गर्ने अनि तिनकै जन्ती लागेर भएभरका कलाकार पत्रकार सिक्किम पुग्ने । भद्रगोल तरिकाले सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली फिल्मकर्मी समाज (इनास)को गान्तोकमा सम्पन्न अवार्ड व्यवस्थापन गर्ने जिम्मा सम्झना उप्रेती रौनियारले पाएकी थिइन् ।

निर्देशक रौनियारकै कारण कलाकार र पत्रकारले सिक्किममा सास्ती खेप्नुपरेको छ ।  सहभागी सिनेकर्मीका अनुसार बीच बाटोकै एक रिसोर्टमा सम्मान र खाना खुवाएर चलचित्रकर्मीलाई गान्तोक पु¥याइएको थियो । रातको करिब १ बजेतिर होटल खोज्दै पत्रकारले सास्ती खेपे । एउटै कोठामा १६ जनाले भेडाबाख्राझंै कोचिएर सुत्नुप¥यो ।

तर, त्यहाँ पुग्दासमेत आयोजक सम्पर्कमा थिएनन् । त्यही वेला ५ सय र १ हजारका नोट बन्देजले अझै अप्ठ्यारो पारिदियो । अस्तव्यस्त पनि कस्तो भने ४ बजे सुरु हुने भनिएको कार्यक्रम ७ बजे बल्ल थालियो । भोलिपल्ट अबेर सिक्किम सरकारले २ सय करोडमा बनाएको चारधाम लैजाने खबर आयो । तर, खबर पाउँदा केही बिहानै सो स्थानमा पुगिसकेका । सहभागीमध्ये आधा चारधामतिर, आधा होटलबाहिरै अलपत्र ।

पवन चाम्लिङको मेजमानी खाएपछि सम्झनाले सबैलाई बिहान ५ बजे नै तयार हुन आग्रह गरिन् । पत्रकारसहित सबै चलचित्रकर्मी बिहानै तयार भए । सहभागी पत्रकारका अनुसार ‘एक टोली बिहान ८ बजे नेपालतर्फ हिँड्यो । बाँकी ९ जना अर्को सवारीसाधन लिन आउने विश्वासले कुरिरहे । होटल चेकआउट सकियो । गेटमा ९ बजेदेखि १२ बजेसम्म कुर्नेमा परे । सिक्किम पु¥याएर अलपत्र पारी आयोजक प्लेनमा आए । आधाजसो पत्रकार, करिष्मा मानन्धरसहित फिल्मकर्मी थोत्रा गाडीमा काठमाडौं फर्किएर अहिले सम्झना उप्रेती रौनियार र पुष्प बरुवाललाई सत्तोसराप गरिरहेका छन् ।

भद्रगोलबीच सम्पन्न चौथो इनास सिक्किम अवार्ड कार्यक्रम नम्रता श्रेष्ठले बहिष्कार गरेकी छन् । सम्झनाले नम्रतालाई फोन गरेकी रहिछन् । फोन संवादमा ‘होटल बुक भयो ?’ भनेर नम्रताले सोधेकी थिइन् । ‘नेपाली कलाकार पनि होटल सोध्ने हैसियतमा पुगे है’ भन्दै सम्झनाले भनेकै कारण नम्रता गइनन् ।

उता, झुर व्यवस्थापनका कारण करिष्मा मानन्धरले सास्ती पाएकी छन् । काँकडभिट्टाको भन्सार कार्यालयमा ४ घन्टासम्म आयोजकलाई कुर्नुपरेको थियो । उता, दीपकराज गिरी र दीपाश्री निरौलाले अवार्ड नै बहिष्कार गरेका छन् ।

टिप्पणीहरू