निषेधाज्ञा खुकुलो भए पनि संक्रमण उस्तै, आज ३४ को निधन, २२ सय बढिमा पुष्टि

निषेधाज्ञा खुकुलो भए पनि संक्रमण उस्तै, आज ३४ को निधन, २२ सय बढिमा पुष्टि

कोरोना संक्रमणबाट आज पनि ३४ जनाको ज्यान गएको छ । २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । तर ३ हजार ५ सय ५१ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६६ पीसीआर तथा ४ हजार ३० एन्टिजेन गरी १० हजार ५ सय ९६ जनामा परीक्षण गरिएको थियो । उक्त परीक्षणको आधारमा संक्रमण दर झण्डै २२ प्रतिशत रहेको देखिन्छ । जुन पछिल्लो केही सातादेखि यथावत रहेको छ ।

आज संक्रमितभन्दा १ हजार २ सय ५२ जना बढी निको भएका छन् । त्यस्तै, आज मुलकभर २९ हजार २ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू