क्रुद्ध हुनेका कथा

अवसर पाउँदा श्रीमतीलाई नायिका बनाउन अगाडि सार्ने अनुप बरालका कारण एक जना निर्माता क्रुद्ध छन् । अनुपसँग यसरी फायर हुने निर्माता हुन्, योगेन्द्र खड्का । अस्ट्रेलियामा खिचिएको जंगबहादुरको कोट चलचित्र अहिले देशभरका हलमा चलिरहेको छ ।

चलचित्रको प्रचारमा विमलेश अधिकारी, निर्माता योगेन्द्र खड्का कुदिरहँदा प्रमोसनका लागि कुनै भूमिका निभाएनन् । चलचित्र प्रमोसनका लागि योगेन्द्रले यो बीचमा दर्जनांै पटक फोन सम्पर्क गर्दासमेत फोन नउठाएको गुनासो योगेन्द्रको छ ।

यता, चलचित्र छायाको प्रिमियरमा निर्देशक मनोज पण्डित एक्लै दौडधुपमा थिए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर आफ्नो चलचित्र देखाइरहँदा सोही चलचित्रको मुख्य भूमिकामा देखिएका अनुप भने प्रिमियर सोमा समेत देखिएनन् । आफ्नो चलचित्र छाडेर उनी एकादेशमा नामक छोटो चलचित्र हेर्न कुमारी हलमा व्यस्त थिए ।

टिप्पणीहरू