धोबीको कुत्ता भएछ कि ?

धोबीको कुत्ता भएछ कि ?

जनता समाजवादी पार्टीको ठाकुर समूह यतिबेला के गरिरहेको छ कसैलाई थाहा छैन । शायद केही त गरिरहेकै होला । तर जे गरिरहेको भए पनि उक्त गराइलाई न प्रधानमन्त्री केपी ओलीले कुनै भाउ दिनुभएको छ, न नेकपा एमालेले । त्यसैले ठाकुर समूह यतिबेला बडो दोधारमा परेको छ ।

हिन्दीमा एउटा कहावत छ नि – धोबीका कुत्ता, घरका न घाटका । ठाकुर समूह यतिबेला साँच्चै ‘धोबीका कुत्ता’ जस्तै भएको छ । न घर जानु, न घाटमा जानु ।

ठाकुर समूहले नागरिकता कानुनमा संशोधन खोजेको थियो । सरकारले दिइहाल्यो । तर सर्वोच्चले रोकिदियो । ठाकुर समूहले सरकारमा सहभागिता खोजेको थियो । प्रधानमन्त्रीले दिइहाल्नुभयो । त्यसलाई पनि सर्वोच्चले रोकिदियो । भन्नाले जसपाले जे भनेको हो त्यो केही पनि लागू भएन । न नागरिकता कानुन आयो, न सरकारमा बस्न दिइयो ।

यही दुइटा माग राखेर जसपाका ठाकुर खेमा सरकारमा गएको थियो । दुइटै खारेज भयो । के अब पनि ठाकुर समूहले आफैलाई नेता मानेर अघि बढ्न मिल्छ ? नैतिकताले त मिल्नु नपर्ने हो । ओलीको सरकारमा बस्नलाई किन नैतिकता चाहियो र, होइन त ?

टिप्पणीहरू