लुम्बिनी सरकार थप संकटमा,मन्त्रीले दिइन् राजीनामा

लुम्बिनी सरकार थप संकटमा,मन्त्रीले दिइन् राजीनामा

जसपाको ह्वीप तोडेर मुख्यमन्त्री शंकर पोख्रेलको सरकारमा सामेल भएवापत पद खोसिई अदालतबाट जोगिएकी लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले आज राजीनामा पठाएकी छन् ।

पार्टी बैठकको निम्ति काठमाण्डौमा रहेका मुख्यमन्त्री शंकर पोखरेलको नाममा पठाइएको राजीनामा पत्रमा ‘आफ्नो दल जनता समाजवादी पार्टीको समर्थन र सहयोग बिना सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले पदबाट राजीनामा गरेको’ उल्लेख छ ।यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा रहेकी रायमाझी एकाएक अरु तीन जनासङ्गै सरकार जोगाउन गएकी थिइन् ।

टिप्पणीहरू