कालापानी छेउमा धमाधम अवैध काठ काटिँदै

कालापानी छेउमा धमाधम अवैध काठ काटिँदै

सशस्त्र प्रहरी बलको दार्चुलास्थित भारतीय सीमानामा रहेको व्यास गाउँपालिका,छाङरुमा निर्माणाधीन गुल्म भवनमा प्रयोग भएको काठमा अनियमितताको आशंका गरिएको छ । स्रोतका अनुसार उक्त भवनको निम्ति स्थानीय जंगलमा झण्डै पाँच सय वटा रुख काटिएको छ ।

सीमा सुरक्षाको निम्ति खटिएको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मले त्यहि भवनको निम्ति आवश्यक पर्ने काठ भन्दै ठेकेदार कम्पनीलाई सहजीकरण पत्र लेखेपछि उक्त आशंका बढेको हो । ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्रमा छाङरुमा भवन निर्माणको लागि ११ हजार २ सय क्यूविक फिट काठको माग गरिएको छ ।सशस्त्र प्रहरी निरीक्षक उत्तमराज बज्राचार्यद्वारा जारी पत्रमा सीएबी ग्वालेक–नाती जोइन्ट भेञ्चर कन्स्ट्रक्सन जावलाखेल, ललितपुरको ठेक्का सम्झौतामा निर्माण कार्यको लागि अनुमान गरिएको काठ प्रयोग गर्ने भनिएको छ ।

सशस्त्र प्रहरीले आवश्यकता प्रमाणित गरिदिने र सो प्रयोजनको लागि स्थानीय जंगलको रुख काटिएको भन्ने आधारमा उक्त आशंका गरिएको हो ।

टिप्पणीहरू