कसैको मन भने कस्तो

सबै मालिक कञ्जुस र कामदारप्रति क्रूर हुँदैनन् भन्ने उदाहरण साब्जी ढोलकियाले देखाइदिएका छन् । हरिकृष्ण एक्स्पोर्टका मालिक उनले यस वर्ष बोनसबापत १ हजार २ सय ६० कामदारलाई गाडी र चारजनालाई अपार्टमेन्ट दिएका छन् । गत वर्ष पनि यसरी नै कडा परिश्रमी कामदारमध्ये ४ सय ९१ जनालाई गाडी र दुई सय जनालाई अपार्टमेन्ट दिएका थिए । गरिबीका कारण चार कक्षा मात्र पढ्न सकेका सौराष्ट्र गाउँका ५३ वर्षीय उनले १३ वर्षकै उमेरमा काकाको सहयोगमा हिरा व्यापार शुरु गरेका हुन् । वार्षिक ७५ करोडको कारोबार गर्ने उनले २० वर्षअघिदेखि कामदारलाई बोनसबापत यसरी गाडी र अपार्टमेन्ट वितरण गर्न थालेका थिए । उनले गाडी पाइसकेकालाई अपार्टमेन्ट र अपार्टमेन्ट पाइसकेकालाई गाडी दिने गरेका छन् ।

टिप्पणीहरू