कुन कुन हुन् कानून नमान्ने कम्पनी ?

कुन कुन हुन् कानून नमान्ने कम्पनी ?

अखिल नेपाल सेक्युरिटी मजदुर संघले कानुन विपरितका सम्झौता बदर गर्नेलाई कारबाहीको माग गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रबन्ध निर्देशकलाई लेखिएको पत्रमा कानुन विपरित सम्झौता गर्ने ब्ल्यूहेभन सेक्युरिटी एण्ड वर्क सर्भिसेज र नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमाथि कारबाहीको माग गरिएको हो ।

श्रम ऐन कार्यान्वयनमा निरन्तर जुट्दै आएको र कानुनीराज्यको स्थापना तथा कानुन कार्यान्वयनमा संगठन विश्वस्त रहेको बताउँदै संघले श्रम आपूर्तिकर्ता र मुख्य रोजगारदाता दुबैले कानुन विपरित श्रमिक आपूर्ति गरेको बताएको छ ।श्रम ऐन २०७४ को दफा ५८ को उपदफा ३ अनुसार सम्झौता गरेर अघि बढ्नुपर्नेमा उनीहरूले कानुनको पालना नगरेको भन्दै सम्झौता बदर तथा आवश्यक कारबाहीको माग गरेको पत्रमा उल्लेख छ ।

संघले कानुन विपरीत श्रम आपूर्ति सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र अदालतले न्यूनतम पारिश्रमिक तथा सेवा सुविधामा कमि नहुनेगरी श्रमिक आपूर्ति गराउन अन्तरिम आदेश जारी गरेकोमा ब्ल्यूहेभन सेक्युरिटी एण्ड वर्क सर्भिसेज र नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले कानुन विपरित सम्झौता गरेको बताउँदै सम्झौता बदर तथा कारबाहीको माग गरेको हो ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालको हस्ताक्षर रहेको पत्रमा अदालतको फैसला कुल्चँदै बोलपत्र पेश गरी सम्झौता गर्नेको अनुमतिपत्र निलम्बन वा खारेज गर्न समेत माग गरिएको छ ।

टिप्पणीहरू