नागढुङ्गा खुलेपनि जुगेडीमा पहिरो, नारनघाट-मुग्लिन सडक खण्ड अवरुध्द

नागढुङ्गा खुलेपनि जुगेडीमा पहिरो, नारनघाट-मुग्लिन सडक खण्ड अवरुध्द

निरन्तर परेको भारी बर्षाका कारण देशका विभिन्न स्थानहरुबाट बाढी, पहिरोका खबर आइरहेका छन् ।

मदन-आश्रित राजमार्ग अन्तर्गत पर्ने नारायणघाट-मुग्लिङ्ग सडक खण्डका विभिन्न स्थानमा झरेका पहिरोको कारण सडक अवरुध्द बनेको छ । हिजो बेलुकादेखि नै विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेको नागढुङ्गा चेकपोष्टले जनाएको छ । नागढुङ्गामा झरेको पहिरोले लामो समयसम्म सडक अवरुद्ध बनाएकोमा आज बिहान सवा १० बजे सडक दुईतर्फी रुपमा खुलेको पोष्टले जनाएको हो । बाटो दुवैतर्फ खुलेपनि चितवनको जुगेडीमा पहिरो जाँदा सडक अवरुद्ध छ ।

त्यस्तै,धादिङमा पनि एकतर्फीरुपमा सडक सुचारू भएको बताईएको छ ।

टिप्पणीहरू