अमेरिकाले सेनालाई दियो ४ थान अत्याधुनिक डुंगा

अमेरिकाले सेनालाई दियो ४ थान अत्याधुनिक डुंगा

अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप आउट बोर्ड मोटरसहितको ४ थान उद्धार डुंगा उपलब्ध गराएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका सुरक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई ती डुंगाहरु हस्तान्तरण गर्नुभएको बताइएको छ ।ती डुंगा विशेषगरी बाढी तथा डुवानजस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने सेनाले जनाएको छ ।

नेपालमा मनसुनसँगै शुरु भएको वर्षायाममा बाढी र डुवानको समस्या देखिन थालिसकेको छ ।

टिप्पणीहरू