एमाले मिलाउन कसरत,आज पनि होटलमा वार्ता

एमाले मिलाउन कसरत,आज पनि होटलमा वार्ता

नेकपा एमालेको विवाद मिलाउने भन्दै दुबै पक्षका नेताहरुबीच ललितपुरको सानेपास्थित समिट होटलमा साँझ भेटवार्ता र छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ,विष्णु पौडेल,शंखर पोखरेल सहभागी हुनुभएको थियो । त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल,घनश्याम भुसाल,भीम आचार्य,सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

भेटमा नेता रावलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीका तर्फबाट सहभागी नेताहरुलाई वार्ता र सहमतिबाट समस्याको समाधान गर्नुपर्नेमा आफूहरु तयार रहेको जानकारी गराउँदै एकतर्फी रुपमा भोलि बिहान बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको कमिटीमा आफूहरु नजाने सर्वसम्मत निर्णय भएको जानकारी गराउनुभएको थियो ।

उहाँहरुले बालुवाटारलाई पार्टीको १० औं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण समिति तथा संरचनाहरु पुनः कार्यान्वयनमा आउनुपर्ने,अन्यथा एकतर्फी रुपमा गरिएका निर्णयलाई स्वीकार गर्न नसकिने भनेर प्रष्ट कुरा राखिएको बताइएको छ ।

टिप्पणीहरू