तिब्बतीको यतातिर तयारी

शेरबहादुर देउवा भारत पुगेर स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएको साता दिन नबित्दै काठमाडौंमा ती तत्व सल्बलाउन थालेका छन् ।
सोमबार बौद्ध क्षेत्र विकास समितिको कार्यालयमा ठूलै गलफत्ति चल्यो । त्यहाँका रैथाने लामाहरुको बंश परम्परामा आधारित घ्याङ गुठीलाई बाइपास गर्दै स्वतन्त्र तिब्बत पक्षधर व्यक्तिहरुको व्यापक घूसपैठ गराइएको नाममा विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा र कार्यकारी निर्देशक फुबु याङ्जीमाथि आक्रमण गर्न केही स्थानीय लामाहरुको एउटा समूह पुग्यो । हातपात नै त हुन पाए, तर स्वतन्त्र तिब्बत पक्षधर व्यक्तिहरुसँग पैसा लिई–लिई घूसपैठ गराइएको बारे ठूलै लफडा चल्यो ।

प्रसंग हो, ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुननिर्मित बौद्ध स्तुपा उद्घाटन र त्यसको पूर्वसन्ध्यामा मंसिरको ३, ४ र ५ गते हुने विशेष पूजाको । भूकम्पबाट क्षतिग्रस्त स्तुपा निर्माण भएपछि पूजा गरेर प्रचलनमा ल्याउने तयारी छ । त्यसका लागि चार तिब्बती सम्प्रदायका धर्मगुरु कग्युपा, शाक्यपा, मिङ्मापा, गेलुक्पा आउँदैछन् । तिब्बती शरणार्थीले खोलेको र स्वतन्त्र तिब्बत गतिविधि हुने भनिएको होटल तिब्बत होडिडे इनमा थुप्रै शंकास्पद तिब्बती बसेका छन् । तिनलाई ल्याउने र राख्ने काम विकास समितिले गरेको घ्याङको आरोप छ । विकास समितिका अध्यक्ष सम्पूर्णकुमारको होटल हर्निकामा पनि स्वतन्त्र तिब्बत पक्षधर लामाहरु बसेका छन् ।

सम्पूर्णले आफ्नो होटलमा विकास समितिको बैठक र खाजाबाटै मासिक १० लाख आम्दानी गर्छन् । ३ गतेबाट शुरु हुने पूजामा पास हुनेले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । तिब्बती शरणार्थीले २५ हजारसम्म तिरेर पूजाको पास लिइसके, तर बौद्धका स्थानीय लामाले पाएका छैनन् । बौद्ध अहिले कुम्भमेलाझैँ भएको छ । पूजा अवधीको खाना, खाजाका लागि स्वतः तिब्बतीले लगानी गरेका छन् । विकास समितिले सुनको हिसाब पारदर्शी नराखेको आरोप बौद्ध घ्याङ गुठीले लगाएको छ । चिनिया लामा भूपतिबज्र लामा आक्रोशित छन् । एकजना चिनियाँ अर्बपतिको अस्तु चैत्यको बाकसभित्र हालेबापत ६ करोड खाएको आरोप भूपतिबज्रले लगाएका छन् । बौद्धमा यत्रो कुम्भमेला हुँदा त्यहाँका स्थानीय परम्पराअनुसार चल्ने घ्याङ गुठी भूमिकाविहीन छ ।

अर्कातिर, दलाई लामानिकटका तिब्बतका धर्मगुरु ताइसितु रिम्पोछेले ४० किलो सुन दिएकोमा ३१ किलोको मात्र हिसाब देखाइएको छ । चैत्य माथि जलप लगाउने सुन हो त्यो । बौद्ध स्तुपा भत्काउँदाको त्यहाँको ‘पवित्र माटो’ भन्दै लामाहरुले लाखौँ–लाखमा किने । तर, त्यसको हिसाब छैन । फुबु र सम्पूर्णकुमारले सिसिटिभीमा पनि घोटाला गरे । चिनियाँ लामाले पूजाका क्रममा चीनविरोधी कुनै अप्रिय घट्ना हुनसक्ने चेतावनी दिइसकेका छन् । तर, प्रशासनले अहिलेसम्म कुनै चासो नदिएको आरोप उनीहरुले लगाएका छन् ।

टिप्पणीहरू