पाटेबाघको छाला बोकेर हिँडेका २ जना पक्राउ

पाटेबाघको छाला बोकेर हिँडेका २ जना पक्राउ

पाटेबाघको छालासहित बाँकेमा दुई जना पक्राउ परेका छन् । वैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित सडकबाट दुई थान दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित उनीहरु पक्राउ परेका हुन् ।

अछाम मेललेख गाउँपालिका–३, दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामारोसन गाउँपालिका–५, बस्ने ३५ वर्षीय नन्दु बुढालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले सुराकीको आधारमा उनीहरूलाई उक्त छालासहित फेला पारेपछि पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू