भिन्दाभिन्दै घटनामा ६ को मृत्यु

भिन्दाभिन्दै घटनामा ६ को मृत्यु

जाजरकोट, म्याग्दीमा सवारी दुर्घटनामा परी तीन, दाङमा डुबेर एक तथा बाँके र मकवानपुरमा दुई मृत अवस्थामा गरि ६ जनाको ज्यान गएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–५ घाटबजारस्थित सडकमा को.३७प ५०३७ नम्बरको मोटरसाइकल हिजो दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय ६० वर्षीया कृष्णादेवी शाहीको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, म्याग्दीको मंगला गाउँपालिका–२, सिमलचौर, मिठौलास्थित सडकमा ग.१ ज ७६५२ नम्बरको बलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जीपमा सवार बेनी नगरपालिका–५ का २० वर्षीया सबिना भण्डारी र मंगला गाउँपालिका–१, पूर्णगाउँका १३ वर्षीय विमल विकको मृत्यु भएको छ ।

उता, दाङको घोराही उपमहानगरपालिका–८, लरैनास्थित दुन्द्रा कटुकी सिँचाईंको बाँधमा डुबेर स्थानीय ४३ वर्षीया पार्वती नेपालीको हिजो मृत्यु भएको छ ।

टिप्पणीहरू