स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन हिजोदेखि राजधानीमा शुरु भएको छ ।

‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, वाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता रहेको छ ।

दुई दिने सम्मेलनमा जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी ता विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति, १९ वटा पोष्टर प्रस्तुति तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण हुने परिषद्का प्रमुख डा. प्रदिप ज्ञवालीले बताउनुभएको छ ।

सम्मेलनमा हिजो कोभिड–१९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति गरिएको थियो ।

स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार विगत ७ वर्षदेखि आफ्नो स्थापनाको अवसरमा परिषद्ले स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको हो ।

टिप्पणीहरू