‘भोलिको बैठकमा सोझै जाँदा अघिल्ला बैठकको निर्णय स्वीकारेको अर्थ लाग्ने’

‘भोलिको बैठकमा सोझै जाँदा अघिल्ला बैठकको निर्णय स्वीकारेको अर्थ लाग्ने’

केन्द्रीय समितिको १३ औं बैठकमा जाँदा अघिल्ला ११ औं र १२ औं बैठकसमेत सकारेको अर्थ लाग्ने भएकाले नेकपा एमाले नेपाल–खनाल पक्षका केन्द्रीय समिति सदस्यले भोलि बोलाइएको बैठकमा भाग नलिने भएका छन् ।

एक जना सदस्यले भन्नुभयो ‘हामीलाई बैठकको सूचना आएको छ । सूचनामा भोलि बोलाइएको १३ औं बैठकमा उपस्थितिको लागि भनिएको छ । तर, हामी सल्लाह नगरी त्यत्तिकै जाँदैनौं ।’

फागुन २८ गते बोलाइएको ११ औं र त्यसपछिको १२ औं केन्द्रीय समितिको बैठक हो । अध्यक्ष केपी शर्मा ओलीले ती बैठकबाट सबैभन्दा धेरै विधान विपरितको निर्णय गराउनुभएकाले सोझै १३ औं बैठकमा जाँदा यसअघिका सबै निर्णयहरूलाई स्वीकार गरेको अर्थ लाग्ने अर्को पक्षको बुझाई रहेको हो ।

उनै सदस्यले भन्नुभयो ‘यस्तो गलत काम कसैले पनि नगर्ला ।’ यसैबीच आज एमाले नेपाल–खनाल समूहको स्थायी समितिको बैठक बोलाइएको छ । स्थायी समितिले भोलि बोलाइएको केन्द्रीय समितिको बैठकमा हुने सहभागिताबारे निर्णय गर्ने बताइएको छ ।

टिप्पणीहरू