बेलका काण्डका १४ आन्दोलनकरी पक्राउ,घटनाको रहस्य बाहिरिँदैछ

बेलका काण्डका १४ आन्दोलनकरी पक्राउ,घटनाको रहस्य बाहिरिँदैछ

 हिराे बनाउने निलहरि काफ्ले भिलेनको राेलमा आफैं देखिएपछि धौरी टप्पुवासी टुप्पी कसेर मैदानमा ओर्लेको रहस्य खुलेको छ ।

उनीविरुध्द खनिएको आक्रोशमा एक दर्जन आन्दोलनकारी र आधा दर्जन सुरक्षाकर्मी घाइते बनेका छन् भने बेलका नगरपालिकाको लाखौं क्षति भएको छ ।

काफ्लेले बराहा हर्बल एण्ड एग्रो प्रा लि सुनसरीको नाममा धौरी टप्पुलाई कबुलियत वन भनेर दर्ता गराउँदै लेमन ग्रासकाे खेती गर्न वस्ती उठाउन लागेपछि चुलिएको आक्रोश आज हिंसात्मक बनेको हाे ।

“भूमाफिया भनिएका काफ्लेले चाहन्छु म तिमीलाई नै भन्ने नेपाली चलचित्र निर्देशन गरेका छन् । त्यतिमात्र नभएर विराटनगर जुट मिलका असफल बाेर्ड डाइरेक्टर पनि हुन् ।”

आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले २५ राउण्ड अश्रु ग्यास र १० राउण्ड हवाई फायर गरेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताउनुभएको छ । हिंसामा दर्जन बढी घाइते भएका छन् । काफ्लेले संघीय सरकारबाट जेठमा बेलका नगरपालिका ३ धाैरीकाे करिब १ सय ७७ हेक्टर जमिन कबुलियत वन बनाउने निर्णय गराएको रहस्य खुलेको छ ।

आन्दोलनकारीहरूले नगरपालिकाले भूमाफियाको गतिविधिलाई रोक्न नसकेकाले आन्दोलित हुनुपरेको बताएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था र बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदैछ ।

भूमाफिया भनिएका काफ्लेले चाहन्छु म तिमीलाई नै भन्ने नेपाली चलचित्र निर्देशन गरेका छन् । त्यतिमात्र नभएर विराटनगर जुट मिलका असफल बाेर्ड डायरेक्टर पनि हुन् ।

यसैबीच प्रहरीले १४ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । विरोधमा उत्रिएका स्थानीयवासी बेलका नगरपालिका वडा नं. ३, ८ र ९ का हुन् । अहिले घटनाको बारेमा समीक्षा गर्न घटना स्थलमा ६ राजनीतिक दलको बैठक जारी रहेको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

टिप्पणीहरू