बालुवाटारभित्रै भन्न थालियो ‘एक पद छाड्दा हुन्छ’,कोटेश्वर भन्छ-कम्प्लिट प्याकेजमा सँबोधन हुनुपर्छ

बालुवाटारभित्रै भन्न थालियो ‘एक पद छाड्दा हुन्छ’,कोटेश्वर भन्छ-कम्प्लिट प्याकेजमा सँबोधन हुनुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओली एमालेभित्र जबर्जस्ती लादिएका आफ्ना अघिल्ला निर्णयहरुलाई सच्याउन बाध्य हुँदै जानुभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्षका कारण पार्टी संगठन कमजोर बन्दै गएपछि बालुवाटार निकट कमरेडहरुले नै पार्टीलाई थप समस्यामा नलैजान आग्रह गरेको बुझिएको छ ।

केही दिनदेखि बालुवाटारका किचेन क्याबिनेट बैठकमा समेत ओलीले राजनीतिलाई विपक्षीको हातमा जानबाट रोक्न पहल गर्नुपर्ने आवाज उठेको उच्चस्रोतको दाबी छ । स्थायी समितिका एकजना कमरेडले ‘प्रधानमन्त्रीले खुल्ला हृदयका साथ मार्गप्रशस्त गर्नुको विकल्प नभएको” बताएका हुन् ।

“पार्टी विधानमा जबर्जस्ती गरिएको संशोधन,माइन्युट संशोधन र निर्वाचन आयोगमा प्रेषित पटक पटकका गलत व्यहोराका पत्रलाई नसच्याउने हो भने जेठ २ होइन, बैशाख २ मा गएपनि केही नहुने अर्कोपक्षको भनाइ रहेको छ ।”

उता,एमाले केन्द्रीय कमिटीलाई निर्वाचित पदाधिकारीका हकमा २०७५ जेठ २ गते तर पुस ५ को प्रतिनिधिसभा विघटन र फागुन २३ को अदालती आदेशपश्चात् २८ गतेका निर्णयको अवस्थामा पुर्याउने बालुवाटारको निर्णयपछि वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले औपचारिक प्रतिक्रिया दिइसकेको छैन । तर,खनाल–नेपालनिकट उच्च स्रोतले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी विवादको अचुक समाधानका लागि कम्प्लिट प्याकेजलाई पारदर्शी रुपमा सम्बोधन गर्नुपर्ने बताएको छ ।

यसबीच अध्यक्षबाट भए गरिएका सबै गलत निर्णयलाई समग्र रुपमा सच्याइनुपर्ने स्रोतले भनेको छ । पार्टी विधानमा जबर्जस्ती गरिएको संशोधन,माइन्युट संशोधन र निर्वाचन आयोगमा प्रेषित पटक पटकका गलत व्यहोराका पत्रलाई नसच्याउने हो भने जेठ २ होइन, बैशाख २ मा गएपनि केही नहुने अर्कोपक्षको भनाइ रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट विगतमा धेरै पटक सहमति गर्ने तर कार्यान्वयन भने ठ्याक्कै उल्टो हुने गरेकाले खनाल–नेपाल समूहले सबै सच्चिनुपर्ने माग राख्दै आएको बताइन्छ ।

टिप्पणीहरू