करेन्ट लागेर एक बृद्धको मृत्यु

करेन्ट लागेर एक बृद्धको मृत्यु

उदयपुर त्रियुगा नगरपालिका-५ बुर्जाकान्ला बस्ने बर्ष ७५ का भक्तबहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ ।

घर नजिकै घाँस काट्ने क्रममा ईनारमा जोडेको बिध्युतीय मोटरको तार अचानक छुँदा करेन्ट लागेर उनको घट्नास्थलमै मृत्यु भएको हो । मृतकको शवलाई आवश्यक परिक्षणको लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको छ ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट टोली खटिएको छ । घटना आज दिउँसो ३ बजेतिरको हो ।

टिप्पणीहरू