पूर्वमा ब्राउनसुगर र ट्याब्लेट सहित ६ पक्राउ

पूर्वमा ब्राउनसुगर र ट्याब्लेट सहित ६ पक्राउ

मोरङ, झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । मोरङको बेलवारी नगरपालिका-१ हटिया लाईनबाट चार, झापाको मेचीनगर नगरपालिका-६ बाट एक जना र सुनसरीको लौकहीबाट एक जना पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय बेलवारीको टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका-१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ, २७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल, Avil १७ एम्पुल र LUPIGESIC १७ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-६ का २७ बर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको हो ।

यस्तै ईलाका प्रहरी कार्यालय लौकहीको टोलीले धरान उप-महानगरपालिका-१२ घर भई ईटहरी बस्दै आएका ४२ बर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित कोशी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अभियुक्तहरु कारोबारी हुन वा दुव्यवर्सनी भन्ने विषयमा प्रहरीले केही बताएको छैन ।

टिप्पणीहरू