अधिनायकवाद र स्वेच्छाचारविरुद्ध पुत्ला दहन

अधिनायकवाद र स्वेच्छाचारविरुद्ध पुत्ला दहन

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलेको छ । काठमाण्डौँ महानगरपालिका ७ मित्रपार्कस्थित पशुपति बहुमुखी कलेजमा नेपाल विद्यार्थी संघको आयोजनामा पुत्ला दहन भएको हो ।

सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरोध तथा संसद पुनर्स्थापनाको मागसहित नेविसंघका महामन्त्री मनोज बैध्य, केन्द्रीय सदस्य प्रेम शाही,जीवन श्रेष्ठलगायतले २०/२५ वटा मसाल तथा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

टिप्पणीहरू