राष्ट्रियसभा अधिवेशनको तयारी पूरा,१९ वटा विधेयक आउने

राष्ट्रियसभा अधिवेशनको तयारी पूरा,१९ वटा विधेयक आउने

संघीय संसद सचिवालयले राष्ट्रियसभाको आठौँ अधिवेशनको तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभाको आठौँ अधिवेशन भोलि दिउँसो ४ बजेको लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले राष्ट्रियसभामा हाल १९ वटा विधेयकहरु रहेको र अधिवेशनमा विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरु पेश हुने पनि उनले बताए ।

राष्ट्रियसभाका माननीयहरुको आज दिउँसो एन्टीजेन परीक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी,सुरक्षाकर्मी र संसद सचिवालयका कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको छ ।

टिप्पणीहरू