एप्पलले बनाएको अचम्मको कार आगामी वर्ष बजारमा (भिडियोसहित)

एप्पलले बनाएको अचम्मको कार आगामी वर्ष बजारमा (भिडियोसहित)

अमेरिकी कम्पनी एप्पलले निर्माण गरेको नयाँ मोडलका कार सन् २०२२ मा सार्वजनिक हुने भएको छ । एप्पलले सोबारे दिएको पछिल्लो विवरणमा हालसम्म विद्युतीय कार निर्माणको तयारीका लागि झण्डै तीन कराेड अमेरिकी डलर खर्च भैसकेको बताइएको छ ।

एप्पलको कार निर्माण कार्यलाई एउटा गोप्य परियोजना मानिएको छ, जसलाई ‘प्रोजेक्ट टाइटन’ को नाम दिइएको छ । कारका मालिकले सिरी भ्वाइस कमाण्डबाटै गाडीलाई नियन्त्रणमा लिन सक्छन् । कारलाई मोनो सेल ब्याट्रीले सुसज्जित तुल्याइएको छ जसका कारण उच्च गतिको वायरलेस सुपर चार्जिङ हुने छ ।

उक्त गाडीको मूल्य ७५ हजार अमेरिकी डलरको हाराहारी हुने बताइएको छ । जसको नेपालीमा आजको विनिमयदर अनुसार ८९ लाख १४ हजार ६ सय ३५ रुपैयाँ हुन्छ । तर,नेपालमा भित्र्याउँदा झण्डै ३ सय प्रतिशत कर र भन्सार तिर्नुपर्ने भएकाले पुग नपुग ३ करोड रुपैयाँ पर्नसक्छ ।

अहिले विश्वमा विद्युतीय सवारी साधनको निम्ति टेस्ला कम्पनी सबैभन्दा अगाडि छ । अब प्रश्न उठ्न थालेको छ ‘मोबाइल र कम्प्युटरको लागि विश्वविख्यात एप्पलले विद्युतीय गाडीमा पनि टेस्लालाई उछिन्ला ?’

टिप्पणीहरू