अनेक विम्ब, देश डुब्दा के हेर्छन् निकम्मा ? « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

अनेक विम्ब, देश डुब्दा के हेर्छन् निकम्मा ?

प्रकाशित मिति :  २५ कार्तिक २०७३, बिहीबार ०८:२४


– नारायण नेपाल


विनाशकारी महाभूकम्पको राहत र उद्धार अभियानको लामो अन्तरालपछि जिल्लाको चर्तिकला देखेर दंग परँे । राहत र उद्धारका नाममा गैरसरकारी संस्थाको निकै ठूलो दौड थियो । हिजोका गाडी थोत्रिएछन् । जिल्ला सदरमुकाममा केही थान तारेहाटल थपिएछन् । हिजोका झुम्रे ख्याउटे कर्मचारी वैंशका स्यालझंै घोर्ले भएछन् । सिकुटी, दाउरी, झुम्रीहरूको गाला मुस्ताङको स्याउजस्तो भएछ ।

यसपालिको दशैं–तिहार पनि फाटेको पालमुनि नै बित्दै गयो जनताको । बजार भाउ महँगो । दुई लाखले घरको ठेलासम्म राख्न सकिन्न । ५० हजार राहत पाउनेलाई पैसाले दशैं–तिहार मनाउने कि घर ठड्याउने भन्ने पिरलो । न घर ठडिन्छ न अर्को किस्ताले निर्माण सम्पन्न हुन्छ । २ प्रतिशत ब्याजदरमा सहुलियत ऋणको अत्तोपत्तो छैन । जायजेथा सबै राख्दा त बैंकवालाले यो र त्यो मिलेन भन्दै हैरान । ऋण कहिले पाउनु ! पीडितको नाममा कहाँबाट के–के आयो, क–कसले लग्यो ठेगान छैन ।

काठमाडांैको वनकालीमा ज्ञानेन्द्र शाहको उत्तेजक भाषण चल्दै थियो । दरबारभक्त लोकमानको चहलपहलले राजावादी उतर्सिएको अनुमान थियो । लोकमानको निशाना दलका नेतातिर लागेको थाहा पाएपछि जुहारी खेलेर नथाक्नेहरू एकै मोर्चामा सामेल भए । वनकालीको उत्तेजक विचारले काम गर्दा राजावादी प्रज्ञा भवनभित्र मारमुंग्री गर्दै थिए । ज्ञानेन्द्र राजाको हल्लीखल्ली नसेलाउँदै राजधानीमा बलिराजाका चेलाले निकै रमिता देखाए । धर्म र संस्कृतिको विरोध गरेर नथाक्ने बटालियनहरू पनि देउसी–भैलोलाई जनवादीकरण र प्रगतिशीलकरण गरेको भनेर उफ्रँदै थिए ।

यो हल्ला सेलाउँदै गर्दा शहरमा अर्काे एउटा नयाँ जात्रा थियो । देखावटी नक्कल–झक्कल संस्कृति त सरकारी मौलिकता हो । देश ठप्प थियो, सिरियाको कुनै युद्धग्रस्त सहरझंै लाग्दै थियो, काठमाडौं । पौराणिक रामायण कथामा झंै लक्ष्मण बुटी खोज्न सुमेरु पर्वत गएका हनुमानले वृक्ष चिन्न नसकेपछि सुमेरु पर्वत बोकेर मालिक रामका सामु खडा भएझंै सडक बन्द, एम्बुलेन्स बन्द, मोबाइल फ्रिक्वेन्सी जाम गर्दै नेपाली हनुमानहरूले लम्पसारवादी प्रवृत्ति देखाए ।

भारतीय राजनीतिको आन्तरिक मामलामा देखिएको उतार–चढाव छिमेकमा परेको थियो । मोदी सरकारको तामझामपूर्ण उदयबाट तनावमा रहेको कांग्रेस आई केही सोच्दै थियो । मोदी उदयपछिको सम्बन्ध छिमेकी देशमा तनावग्रस्त बन्दै थियो । पाकिस्तानसँग गोलाबारी छ, नेपालमा नाकाबन्दीपछि अलोकप्रिय छ । चिनियाँ सामान बहिष्कारको कुराले चीनसँग थप चिसिएको सम्बन्धलाई काठमाडांैबाट सन्तुलनमा ल्याउने मुखर्जीको अभियान थियो । पोखरामा पुगेर मुखर्जीले पाकिस्तानसँग लडाइँमा नेपालीले इमान्दारीपूर्वक लड्नुपर्ने बताए । किन सधँै नेपालीलाई भिडाइन्छ उसको सिमाना रक्षामा ?

हामीलाई हैकम जमाए पनि भारतको अस्तव्यस्तताले दुनियाँलाई हँसाएको छ । मोदी–केजरीवाल जुहारीको रमिता दुनियाँमा कसले हेरेको छैन र † भारतीय टेलिभिजन च्यानल एनडिटिभीमाथिको प्रशारण प्रतिबन्धले भारतीय लोकतन्त्रमा प्रेस स्वतन्त्रताको खिल्ली उडाएको छ । निःशस्त्र मान्छे मारेर इन्काउन्टर भन्छ, भारतीय लोकतन्त्र मानवतावाद होइन, सामाजिक फाँसीवादतिर जाँदै छ ।

त्यही भएर उत्साहित छन्, भाकपा (माओवादी)हरू र लगातार हमला गरिरहेछन् । नेपाल देशभन्दा ठूलो भूभाग आज उनीहरूको नियन्त्रणमा छ । त्यही भएर होला अदालतले पनि लाज ढक्न सरकारलाई वार्ता गर भनेको । नेपाली माओवादी आन्दोलनमा पानी खन्याएको भन्दै मुखर्जीको महिमागान गरे धेरैले । जमिनमा उभिन नदिएपछि पोखराको आकाशमा कालो झण्डा बोकेका बेलुन उडेका थिए ।

झलनाथ फतक्कै गलेका छन् । प्रचण्ड तनावग्रस्त छन् । ओली उखान टुक्काले अडेका छन् । उच्च सुरक्षा पहराभित्र देशको बागडोर लिएका नेतालाई त चैन छैन भने फाटेका त्रिपालमुनि आकाश हेर्दै निदाउने जनतालाई के को शान्ति ? के को संविधान हुनु देशमा ?

भारतीय राजनीतिमा मोदी–कांग्रेस टक्करको उचित व्यवस्थापन नहुञ्जेल दिल्ली दौड चलिरहने देखिन्छ । तर, उपलब्धि भने ‘माछो–माछो भ्यागुतो’ भनेझंै हँुदै आएको छ ।

जसरी सिक्किममा आन्दोलनले राजा हटायो र संसद्ले देश विलय गरायो, त्यसको उल्टो नेपालमा संसद्ले राजा हटाउँदै लोकतन्त्र स्थापना भयो र अब जातीय, क्षेत्रीय र धार्मिक दंगा मच्चाएर आन्दोलनको नौटंकी गर्दै भुटानीकरण संस्थागत गर्ने खतरा देखिन्छ । नेपाल–भारत खुला सिमानाको कुरा र सुरक्षा छाताको कुरा प्रणव संकेतको अन्तरनिहितता यसमा छ । देश र जनताको पक्षमा स्वाभिमानी नेपालीले नयाँ मोर्चा खडा गर्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !