सनराइज बैंक लिमीटेडले ३ बराबर १ अर्थात ३३.३३ प्रतिशत बोनस शेयर वितरणको घोषणा

सनराइज बैंक लिमीटेडले आफ्ना शेयरधनीलाई ३ बराबर १ अर्थात ३३.३३ प्रतिशत बोनस शेयर वितरणको घोषणा गरेको छ । 

भदौ २९ गते बसेको बैंकको २५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयर वितरणको घोषणा गरेको हो । 

यो बैंकले हालै नारायणी नेशनल फाइनान्सलाई अक्वायर गरेका कारण लगानीकर्ताले घोषित शेयर लाभांशमा कर भने तिर्नु नपर्ने स्पष्ट पारेको छ । 

अघिल्लो वर्ष आर्थिक वर्ष २०७१र७२ को नाफाबाट यो बैंकले आफ्ना लगानीकर्तालाई २१.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

यो बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९५ करोड १७ लाख खूद नाफा आर्जन गरेको थियो । बैंकको चुक्तापूँजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । घोषित बोनस शेयरको वितरण र व्यवस्थापनपछि चुक्तापूँजी ५ अर्ब  ३० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । 

टिप्पणीहरू