पूर्वमन्त्रीले मागे वर्तमान मन्त्रीको राजीनामा,प्रमले भन्नुभयो-जम्मैलाई हटाएर कसरी चलाउनु ? « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

पूर्वमन्त्रीले मागे वर्तमान मन्त्रीको राजीनामा,प्रमले भन्नुभयो-जम्मैलाई हटाएर कसरी चलाउनु ?

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार १६:४५


सर्वोच्च अदालतको आदेशबमोजिम दुई पटक गरी २७ मन्त्री पदमुक्त हुँदा पाँच सदस्यमा सिमित ओली क्याबिनेटका एक मन्त्रीको एमाले नेताले राजीनामा मागेका छन् । ओलीपक्षीय एमालेको भर्खरै बालुवाटारमा सम्पन्न महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा पूर्व खेलकुद मन्त्रीसमेत रहेका नेता जगत विश्वकर्माले शिक्षासहित विभिन्न मन्त्रालयको जिम्मेवारीप्राप्त कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका हुन् ।

मन्त्री श्रेष्ठले जातीय विभेदलाई प्रश्रय दिने गतिविधि गरेको भन्दै राजीनामा माग्नेमा रुपन्देहीबाट स्थायी समिति सदस्य र पूर्व कृषि मन्त्री छविलाल बिश्वकर्मा पनि थिए । जगत छविलाल मन्त्री हुँदाका निजी सचिव हुन् । आजको बैठकमा सहभागी एक पोलिट्ब्यूरो सदस्यका अनुसार विश्वकर्माले व्यक्तिगत रुपमा श्रेष्ठप्रति आफ्नो सम्मान भएपनि मन्त्रीका रुपमा उनले गरेको काम आलोचनायोग्य रहेको बताएका थिए ।‘कृष्णगोपाल कमरेडप्रति मेरो एकदम सम्मान छ । तर,मन्त्री र एमालेको नेताका रुपमा उहाँले जातीय विभेद हुनेगरी गरेको कामको आत्मालोचना गर्नुपर्छ । राजीनामा गर्नु उचित हुन्छ’, विश्वकर्माको भनाइ उधृत गर्दै ती नेताले भने ।

मन्त्री श्रेष्ठले जातीय विभेदको आरोपमा प्रहरी हिरासतमा पुगेकी काठमाडौँ बबरमहलकी सरस्वती प्रधानलाई छुटाएर आफ्नै गाडीमा राखी घरसम्म पुर्याएका थिए । यस्तो गतिविधिले जातीय विभेदलाई बढावा दिनुका साथै कानुनलाई चुनौति दिएको भन्दै श्रेष्ठको आलोचना भैरहेको छ ।

यसरी फ्लोरबाट राजीनामाको माग उठेपछि प्रधानमन्त्री केपी ओलीले उसै त अदालतको आदेशका कारण पाँच जनामा झरेको क्याबिनेटबाट फेरि अर्को मन्त्री झिक्दा काम गर्न गाह्रो हुने बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !