उनले भन्नेछन्, ‘म एक्लो होइन, देउवालाई सोध’ « Jana Aastha News Online
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022

उनले भन्नेछन्, ‘म एक्लो होइन, देउवालाई सोध’

प्रकाशित मिति :  २५ कार्तिक २०७३, बिहीबार ०८:२१


– राजेश मिश्र


आफूलाई फाँसीको सजायँ सुनाउन आतुर अदालतमा सद्दाम हुसेनले अन्तिम बयान दिंदै भनेका थिए, ‘राजनीति यस्तो कुरा रहेछ, जहाँ भनेको कुरा गरिंदैन । गरेको कुरा भनिंदैन । तर भनेको र गरेको कुराको बीचमा जे परिणाम आउँछ, त्यो परिणतिको आधारमा नयाँ रणनीति बनाउँदै अघि पढ्नुपर्ने हुन्छ । यो मेरो मात्र होइन, संसारभरिका राजनीतिज्ञहरुको निम्ति एउटा बाध्यता हो ।’

सद्दामले जीवनको उत्तरार्धमा ‘पोलिटिकल्ली करेक्ट’ वाक्य बोल्ने आवश्यकता देखेनन् । ‘पोलिटिकल्ली करेक्ट’ को अर्थ नेपालीमा आफ्नो राजनीतिक समीकरण नबिथोलिनेगरी जनता झुक्याउन अर्धसत्य बोल्नुजस्तै हो । सत्तामा हुँदा सद्दामलाई अर्धसत्य बोल्न जरूरी थिएन । उनी आफ्ना बिरोधीहरुलाई खुलेआम घामको उज्यालोमा गोली ठोक्न सक्थे । आफ्ना प्रतिद्वन्दी कुर्द समुदायमाथि रासायनिक ग्याँसको बम हानेर सिङ्गै गाउँमा नरसंहार मच्चाउन सक्थे ।

इरानसँग आठ वर्ष लामो युद्द गरेर पनि नथाकेका सद्दामको लागि कुवेतमाथि आक्रमण गर्नु आफ्नै खुट्टामा बञ्चरो हाने सरह भयो । तत्कालीन सोभियत संघको पतनपछि अमेरिकी ‘युद्द उद्योग’ नयाँ युद्धको खोजीमा थियो । शीत युद्द्का नाममा नयाँ हतियार निर्माण र बेचबिखनको एउटा अध्याय समाप्त भएको बेला सद्दाम हुसैनको कुवेत आक्रमण अमेरिकी वार फ्याक्ट्रीका लागि एउटा नयाँ अवसर भएर आयो ।

कुवेतलाई इराकी पञ्जाबाट मुक्त गर्ने नाममा अड्तीस राष्ट्रको गठबन्धन खाडी युद्दमा होमियो । अमेरिकाले हतियार बेच्यो । शीत युद्दको अन्त्यपछि ‘पेन्टागन‘ले फेरि रगतको स्वाद चाख्यो । बाबु जर्ज बुशको पालामा बनेको युद्दको छोरा बुशको पालामा नाटकीय ढंगले पुनरावृत्ति भयो । यसपटक इराकले कतै आक्रमण गरेको थिएन । कुवेत मुक्त भैसकेको थियो ।

तर छोरा जर्ज बुशका उपराष्ट्रपति डिक चेनीको नियन्त्रणमा रहेको युद्ध उद्योगले अमेरिकी जनतामा नयाँ भ्रम सिर्जना ग¥यो, ‘सद्दाम हुसेन आणविक अश्त्र उत्पादन गर्दैछन् ।’ र, ‘सद्दामको सेप्टेम्बर ११ मा अमेरिकामा आत्मघाती आक्रमण गर्ने अलकायदासँग सम्बन्ध छ ।’ संयुक्त राष्ट्रसंघले यसको तटस्थअनुगमन ग¥यो । अमेरिकाको आरोप पुष्टि भएन । तैपनि अमेरिकाले इराकमा आक्रमण गरिछोड्यो ।

अमेरिकी जनता उपभोक्तावादको पर्याय हो । विश्वका आधा जनसंख्याले प्राकृतिक संशाधनको जति प्रयोग गर्छ, त्योभन्दा दोब्बर अमेरिकी जनताले एक्लै गर्छन । उदेकलाग्दो कुरा के छ भने, अमेरिकाको जनसंख्या विश्वको तुलनामा चार प्रतिशत मात्रै छ । यति हुँदाहुँदै पनि अमेरिकी जनता काँतर पनि छन् ।

आतंकवादको हौवाबाट उनीहरुलाई आफ्नो सत्ताको झूठको खेती पत्याउन सहज हुन्छ । रोनाल्ड रेगनको पालामा शीतयुद्द चरममा थियो । अमेरिकी प्रशासनले आफ्ना जनतालाई सोभियत संघले कुनै पनि बेला आणविक बम हान्ने सम्भावनाको हल्ला फिँजाएर डरको राजनीतिमा कैद गरेको थियो । त्यतिबेला बिद्यालयमा अचानक ‘साइरन’ बज्थ्यो ।

विद्यार्थीलाई त्यस अवस्थामा आ–आफ्नो टेबल र कुर्सीमुनी लुक्ने अभ्यास गराइन्थ्यो । कुर्सीमुनि लुक्दैमा आणविक बमको असर कम हुँदैन भन्ने सामान्य ज्ञान प्राथमिक तहका ती विद्यार्थीहरुलाई थिएन । तर रेगन प्रशासनले एउटा मनोवैज्ञानिक युद्ध जितेको थियो । त्यस पुस्ताका सबै अहिले आआफ्नो सामर्थ्य अनुसार देश चलाउँदै छन् । तर, सबै रसियालाई शत्रु राष्ट्रका रुपमा देख्छन् । सोभियत संघ विघटन भएको कुनै अत्तोपत्तो छैन । यो अमेरिकी समाजको विशिष्ट चरित्र हो ।

पाठकहरूलाई भूमिका लामो लाग्यो होला । तर नेपालका सत्ता सञ्चालकहरुले जस्तो ठाडै विश्वभरिका दुर्गुणबाट सिकेर जनता झुक्याउन जानेको अरु कसले होला र? अमेरिकाका राष्ट्रपतिलाई आफ्ना जनता झुक्याउन खोज्दा आफ्नै मुलुकको श्रोत पर्याप्त हुन्छ । नेपालका अहिलेका प्रधानमन्त्रीले आफ्नै जनता झुक्याउन बिदेशीको सहायता लिनुपर्ने अवस्था छ ।

संजिधान संशोधनको कुरा छ । म सपना पो देख्दैछु ,मधिसेको दवावमा हो, अथवा भारतको, अब नेपालमा झुण्डिएको नाता देखाएर हरेकले भारतीय स्वार्थले ‘ज्यादा बोलता है? अभी सीआरपी को बुलाऊँ?‘ भन्न बेर छैन । केन्द्रीय जेलमा थुनिएका सांसद सलिम अन्सारीका छोरा युनुशलाई जेलभित्रै गोली ठोकिएको पनि यही आँखाले पढेको हो ।

समय–परिस्थितिले पुष्पकमल दाहाललाई दोभानमा साक्षीको रूपमा उभ्याएको छ । अदालत भन्छ, ‘लाल किताब छोएर भन, तिमी नेपाली हौ अथवा भारतीय दलाल ?’ शायद दाहालले भन्नेछन्, ‘होइन, देउवालाई पनि सोध्नुहोस्, म एक्लो होइन ।’


प्रतिक्रिया दिनुहोस !