नबिल बैंकका कर्मचारी पनि सरकारी सामाजिक सुरक्षा कोषविरुध्द

नबिल बैंकका कर्मचारी पनि सरकारी सामाजिक सुरक्षा कोषविरुध्द

अन्ततः नबिल बैंकका कर्मचारीहरु पनि सामाजिक सुरक्षा कोषविरुद्ध उत्रिएका छन् । आज बिहान दरबारमार्गस्थित मुख्य कार्यालयको प्रवेशद्वारमा व्यानरसहित कर्मचारीहरुले कोषको बिरोध गरेका हुन् ।

हिजो मात्रै पाँच वटा बैंकका कर्मचारीले कालो तुल बोकेर कोषमा आवद्धता नजाउने भन्दै विरोध जनाएका थिए । नबिल बैंक कर्मचारी संघको आज भएको प्रदर्शनलाई कर्मचारीले राम्रो काम भने पनि संघ नेतृत्वको व्यवहार र गतिविधिलाई उनीहरुले ‘पर्ख र हेर’ को रुपमा लिएको बताइन्छ ।
पछिल्लो समयमा बैंकका पुराना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा बेफ्वाँकमा रकम जाने भएकाले संघको नेतृत्वले जागिर छोड्न सुझाव दिँदै आएको थियो । तर,अहिले सबैतिर बिरोध हुन थालेपछि संघले बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको चर्चा छ ।आफ्ना मागहरु पूरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसहित अहिले त्यहाँको कर्मचारी संघ आन्दोलनमा होमिएको छ । पछिल्लो समय सामाजिक सुरक्षा कोषसम्बन्धमा व्यक्त धारणाका कारण कर्मचारीहरुबीच नेतृत्व निकै आलोचित बनेको थियो ।

टिप्पणीहरू