घरमा हुँदाहुँदै अन्त ध्यान

‘घरकी मुर्गी दाल बराबर’ यस्तै हालतमा छन् निखिल उप्रेती । एक समय एक्सन हिरोको रुपमा जमेका उनी सञ्चिता लुइँटेलसँग प्रेम गरेर दोस्रो विवाह गरेपछि केही वर्ष मुम्बईतिर भूमिगत जीवन बिताएर स्वदेश फर्किए र लगातार एक पछि अर्को सिनेमामा अनुबन्धित मात्र भएनन्, चलचित्र निर्माणमा जुटे ।

५ वर्षपछि फर्किएका निखिलले यो अवधिमा ५ जना नायिकासँग काम गरिसकेका छन् । ‘भैरव’ मा नायिका अनु शाहसँग, ‘लुटेरा’मा निशा अधिकारी, ‘संरक्षण’मा अशिष्मा नकर्मी र मलिना जोशी, ‘किङ’मा बेनिशा हमाल उनको जोडीको रुपमा देखिए । तर, कतै पनि सञ्चितालाई स्थान दिएका छैनन् । बरु सञ्चिताले राधा चलचित्रमा काम पाइन् । यता, निखिल चलचित्र ‘रुद्र’को निर्माणमा लागेका छन् । 

कथाअनुसारको कलाकार चाहिएको भन्दै अहिले नयाँ नायिकाको साथ चलचित्र छायाँकनमा व्यस्त छन । पोर्न मुभी मात्र अग्र्यानिक हुन्छ भन्ने अभिव्यक्ति दिएर विवादमा तानिएका निखिलले आफूले निर्माण गरेको सिनेमामै सञ्चितालाई स्थान नदिई नयाँ नायिकालाई खोज्दै हिँडे पछाडि भएन त घरकी मुर्गी दाल बराबर ?

टिप्पणीहरू