राजसंस्था फर्काउन र सेना उतार्न माइतीघरमा माग

राजसंस्था फर्काउन र सेना उतार्न माइतीघरमा माग

स्वतन्त्र नागरिक समाजले मध्य असारमा शाहवंशीय राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको माग गरेको छ ।

आज समाजले माइतीघर मण्डलामा शाहवंशीय राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापना,हिन्दू अधिराज्यको पुनःस्थापना,निषेधको राजनीतिको अन्त्य,राष्ट्रिय मेलमिलाप एवम् सैनिक हस्तक्षेपमार्फत नागरिक सरकार गठनको माग गरेको हो । संयोजक हेमविक्रम सिलवाललगायत एक दर्जन प्रदर्शनकारीले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर धर्ना समेत गरेका छन् ।

उनीहरुले बौध्दिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने र सबै नेपालीलाई कोभिड १९ विरुद्ध खोप सुनिश्चितताको समेत माग गरेका छन् ।

प्रदर्शनमा प्रतिनिधिसभाको अघिल्लो विघटनताका प्रधानमन्त्री केपी ओलीको तर्फबाट सर्वोच्च अदालतमा बहस गर्ने वरिष्ठ अधिवक्ता बिष्णु भट्टराई पनि सामेल थिए ।

टिप्पणीहरू