केन्द्रीय समितिमा नरहेका माओवादी चार नेता सीधै एमाले स्थायी समितिमा

केन्द्रीय समितिमा नरहेका माओवादी चार नेता सीधै एमाले स्थायी समितिमा

नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक समिति केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै समितिबाट स्वत: बाहिरिएका पूर्वमाओवादीसम्बध्द चार नेता स्थायी समितिमा मनोनित भएका छन् ।

आज बालुवाटारमा बसेको बैठकले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीद्वारा गठित महाधिवेशन आयोजक समिति भंग गरेको छ । आयोजक समिति भंग भएपछि बादलसहितका पूर्वमाओवादी नेताहरुले अर्को ब्यवस्था नहुँदा जिम्मेवारीबिहिन हुने स्थिति थियो ।

बैठकले नेकपा विभाजनपछि माओवादी छोडेर एमाले बनेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी,लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा मनोनित गरेको हो ।

त्यस्तै,एमाले हुँदै माथि रहेका रघुवीर महासेठ,रघु पन्त,विष्णु रिमाल र बेदुराम भुसाललाई पनि यही मेसोमा स्थायी कमिटीमा लगिएको देखाउन खोजिएको छ ।

आयोजक समिति भंग गर्ने हिजो स्थायी कमिटीको निर्णय अनुमोदन गर्दै आजको बैठकले पर्सि केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको छ ।

टिप्पणीहरू