लामो समयपछि बहादुर भवनमा एक राणा

लामो समयपछि बहादुर भवनमा एक राणा

विवादास्पद संवैधानिक परिषद्को सिफारिश र राष्ट्रपतिको सदरपछि निर्वाचन आयोगमा नयाँ आयुक्त नियुक्त निवर्तमान कर्णेल सगुन समशेर राणाले आफ्नो कार्यभार सम्हालेसङ्गै आयोगको पाँच सदस्यीय कोटा पूर्ण भएको छ ।

उनलाई मतदाता नामावली, मतदाता पर्यवेक्षण,मतदाता जागरण तथा मतदातासम्बन्धी सबै खाले कामको जिम्मेवारी दिइएको छ । यसअघि उक्त जिम्मेवारी निवर्तमान आयुक्त नरेन्द्र दाहालको भागमा थियो ।

कामको जिम्मेवारी बाँडफाँड गरेपनि आयोगका हरेक निर्णय सर्वसम्मतिका आधारमा गरिने भएकाले त्यसको लागि आयुक्तहरु फोकल प्वाइन्ट मात्रै हुने बताइन्छ । आयोगमा आयुक्तलाई तोकिएको विषयमा अध्ययन गर्ने र आवश्यक सिफारिश मात्रै गर्ने जिम्मेवारी हुन्छ ।

निर्णय पाँच जनाको बहुमतको आधारमा हुने भएकाले कसले के विषयको जिम्मेवारी लियो भन्ने विषयले अर्थ नराख्ने स्रोतले बताएको छ ।

भैरहवा निवासी राणा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको नजिकका नातेदार हुनुहुन्छ ।

टिप्पणीहरू