कोहीसँग पनि नमिल्ने किन ?

अगुल्टोले हानेको…..बिजुली चम्कँदा तर्सन्छ भनेजस्तो । यसअगाडि चलचित्र ‘अझै पनि’ निर्माण गरिन् आफैले भाइटिका लगाइदिएको सुदर्शन थापालाई लिएर । तर, सुदर्शनको धोका पाएर पनि हिम्मत हारिनन् पुनम गौतमले । उनै सुदर्शन आफ्नै ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई लात मारेर चंखे, शंखे र पंखेको पछाडि लागे । त्यो घातको नमीठो पीडा अहिले पनि पुनमको मानसपटलमा बेला बेलामा झाेंक्का हानेर जान्छ ।

सुदर्शन थापाले ‘के यो माया हो’ चलचित्रमा अभिनय गरेका थिए । निर्देशक सुरेश पहारीसँग सम्बन्ध चिसियो । ‘लम्फू’ चलचित्रमा खेले । त्यहाँ पनि उही लफडा । अहिले यी दुवै चलचित्रका निर्मातासँग ‘पानी बाराबारको अवस्था’ छ । तिहारमा पुनम गौतमलाई दिदी बनाएर टीका लगाए । जसलाई दिदी बनाए, उसैमाथि धोखाधडी गर्न बाँकी राखेनन् । आफ्नै ब्यानरको चलचित्रको रिलिज मिति घोषणा भइसक्यो तर प्रचारप्रसार छाडेर अरूकै चलचित्र खेल्नमा व्यस्त छन् । आर्यन सिग्देलसँग झगडा गरे बोलचाल बन्द ।

यस्तै धोखाधडीको शिकार भएकी पुनम नयाँ ढंगबाट चलचित्र निर्माण गर्ने धुनमा लागेकी छन् । पुनम इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको चलचित्रका लागि कथाको आह्वान गरिएको छ । जुनसुकै बिषयमा पनि कथा पठाउन सकिने उनको भनाइ छ । छानिएको कथाका लेखकलाई दोहोरो सहमतिका आधारमा पारिश्रमिक दिने बताइएको छ ।

टिप्पणीहरू