ज्वाला संग्रौलाको बिहे पनि किर्ते

ज्वाला संग्रौलाको बिहे पनि किर्ते

हाल अदालतबाट म्याद थप्दै काठमाण्डौ प्रहरीको हिरासतमा राखिएकी “समाज सुधारक” ज्वाला संग्रौलाको वैवाहिक कागजातसमेत किर्ते फेला परेको छ ।

आफ्नी साथी भनिएकी खुश्बु घिमिरेलाई सामाजिक सञ्जालमा मनपरी लेखी समूह मिलेर गौशाला चौकीमा कुटपिट गरेपछि संग्रौला प्रहरी हिरासतमा पुगेकी हुन् ।

यसबीच उनका श्रीमान भनिएका हिमाल उपाध्यायसँगको वैवाहिक सम्बन्धका कागजात सबै किर्ते भएको तथ्य प्रहरीले फेला पारेको छ । सामाजिक सञ्जालमा गालिगलौजका शब्द लेखेको र घिमिरेलाई कुटपिट गरेको अभियोगमा प्रहरी खोरमा पुगेकी उनको सरकारी कागजात किर्ते गरेको देखिएपछि घटनाक्रमले नयाँ रुप लिएको छ ।

झापाकी संग्रौला र अछामका उपाध्यायको कागजात भिडाउने क्रममा पाँचथरको कागजात किर्ते पुष्टि भएको हो । प्रहरीले मंगलसेन अछामबाट समेत उनीसँग सम्बन्धित कागजात झिकाएको छ ।

यसबीच काठमाडौं प्रहरीले ज्वालालाई सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा पेश गर्ने तयारी गरेको छ । ख्यालख्यालमा अभियन्ता बन्दै चर्का भाषण र गतिविधि गर्दै आएकी संग्रौलाको प्रहरी हिरासत अब लामै हुने देखिएको छ ।

टिप्पणीहरू