अनुपद्वारा अर्को अचम्म

चर्चित काटुनिष्ट वात्स्यायन उर्फ दुर्गा बरालका पुत्र अनुप मनोज पण्डितको चलचित्र छायाँमा यौन दुव्र्यवहारी भूमिकामा देखिने भएका छन् ।
चर्चित र विवादित चलचित्र निर्देशन गरेका पण्डितले ‘छाँया’ नामक यौन दुव्र्यवहारमा केन्द्रित चलचित्र निर्देशन गरेका हुन् ।

एक्प्याट नामक संस्थाले गरेको एक अध्ययन अनुसार ४ बालिकामध्ये एक र ६  बालकमध्ये एक यौन दुव्र्यहारमा पर्ने गरेको अत्यासलाग्दो तथ्यांक छ ।‘ सोही तथ्यांकमा टेकेर यो चलचित्र बनाइएको हो । मनोवैज्ञानिक रुपमा हुने यौनदुव्र्यहारलाई हामी सामान्य रुपमा लिन्छौं ।  बाल्यकालमा म आफैं पनि यौन दुव्र्यवहारमा परेको रहेछु ।’ पण्डितले भने ।

शहरी क्षेत्रमा कसरी र किन यौन शोषण भइरहेको छ भन्ने चलचित्रमा देखाउन खोजिएको छ । यसअगाडि पण्डितले दासढुंगा, ग्रेटर नेपाल, वधशालाको निर्देशन गरेका थिए ।

टिप्पणीहरू