माथिल्लो सदनका माननीयहरुको कोरोना परीक्षण

माथिल्लो सदनका माननीयहरुको कोरोना परीक्षण

राष्ट्रियसभा अधिवेशनको पूर्वसन्ध्यामा माननीयहरुको एन्टिजेन परीक्षण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको स्काई लाइट हलमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना,उपाध्यक्ष शशिकला दाहाल,सभाका सांसद,संघीय संसदका कर्मचारीलगायतको परीक्षण गरिएको हो ।

माननीयहरुलाई आजै कोरोनाको खोपसमेत लगाइएको छ । संघीय संसद भवनको क्यान्टिन हलमा कोरोनाको पहिलो र दोस्रो खोप लगाउन छुटेका माननीय र संसदका कर्माचारीहरूलाई चाइनिज भेरोसेल पहिलो डोज र कोभिशिल्ड दोस्रो डोज लगाइएको हो । खोप कार्यक्रम मध्यान्न १२ बजेबाट शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

टिप्पणीहरू