सरकार पक्षको प्रश्न-“कोरोनाको बेला किन सँसद विघटनको मुध्दा ?

सरकार पक्षको प्रश्न-“कोरोनाको बेला किन सँसद विघटनको मुध्दा ?

सरकारी वकिल (सहमहान्यायधिवक्ता) लोकराज पराजुलीले तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवालको बर्खास्ती र थमौती प्रकरणमा राष्ट्रपतिमाथि रिट नलागेको प्रसंग कोट्याएका छन् ।

धारा ७६ (५) राष्ट्रपतिले स्वविवेकमा निर्णय गर्ने विषय भन्ने उनको जिकिर रह्यो । अर्का सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले पनि राष्ट्रपतिको कदम संवैधानिक भएको तर्क गरेका छन् ।

योसँगै सरकारी पक्षको बहस सकिएको छ । अब सरकारी पक्षसङ्ग बहसका लागि ६ घण्टा १५ मीनेट समय बाँकी छ । यसवारे इजलाशमै प्रधानन्यायधीश राणाले सबैलाई अवगत गराउनुभएको छ ।

अब निजी कानून व्यवसायी सुशील पन्तले बहस गर्दैछन् । उनले कोरोना महामारीको बेला मान्छेको हुल बोकेर किन मुध्दा दर्ता गरिएको भन्ने प्रश्न उठाएका छन् ।

“यस्तो अभ्यास संसारभर मैले कतै देखिन श्रीमान !” भन्दै उनले थपे-५ जनाभन्दा धेरै निवेदकलाई अदालतले चिन्दैन तैपनि यो मुध्दाले किन प्राथमिकता पायो थाहा भएन ।

टिप्पणीहरू