कृष्ण थापा पद जोगाउन पटकपटक अदालत

कृष्ण थापा पद जोगाउन पटकपटक अदालत

गण्डकी प्रदेशबाट दोस्रोपटक बर्खास्त जनमोर्चा सांसद कृष्ण थापाको रिटमा आज पेशी तोकिएको छ ।

यसअघि आफ्नो पार्टीको ह्वीप तोड्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कुर्सी जोगाउन लाग्दा उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरेको थियो । सोही कारवाहीका विरुद्ध उनी सर्वाेच्च अदालत पुगेका थिए ।न्यायाधीश कुमार चुडालको एकल अन्तरिम आदेशबाट जोगिएका उनलाई पियारी थापासहितका जनमोर्चाले भ्याकेट निवेदन दर्ता गरेपछि सपना मल्लप्रधान र उनै कुमार चुडालले पदमुक्त गरेका थिए ।

त्यसैबिरुध्द उनी फेरि सर्वाेच्च पुगेका हुन् । उनले गण्डकी प्रदेश सभालाई विपक्षी बनाएर दायर गरेको रिटको पेशी आज तोकिएको छ । तीन नम्बर इजलाशमा न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मी इजलाशले उनको मुध्दाको सुनुवाई गर्दैछ ।

टिप्पणीहरू