विवादमा परेपछि शिक्षामन्त्रीको आयोग प्रवेश

विवादमा परेपछि शिक्षामन्त्रीको आयोग प्रवेश

हिजो दिउँसो २ बजे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफ्ना स्वकीयलाई पछि लगाएर अकस्मात पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय छिरेका छन् । कर्मचारीहरुलाई बाहिर राखेर आयोग सदस्यहरु र मन्त्रीबीच झण्डै २ घण्टा भलाकुसारी चलेको थियोे ।

रुपा सुनुवारलाई दलित भन्दै घरभाडा नदिएको आरोपमा थुनिएकी सरस्वती प्रधानलाई लिन झण्डावाल गाडी लिएर मन्त्री श्रेष्ठ असार ९ गते महानगरीय प्रहरी बृत्त सिंहदरबार पुगेका थिए ।यही प्रकरणमा जोडिएर विवादमा तानिएका उनै मन्त्री श्रेष्ठले झण्डै दुई घण्टा आयोगका पदाधिकारीहरुसँग बिताएका हुन् । आफूबाट गल्ती भएको र अब आइन्दा यस्तो नहुने भनी मन्त्रीले वाचा गरेको एक पदाधिकारीले जनआस्थालाई जानकारी दिए ।आयोगका एक सदस्यका अनुसार आयोगले केही समयभित्रै यसबारे विज्ञप्ति जारी गर्दैछ । सोही विज्ञप्तिमा सबै बिषय स्पष्टसँग खुलाइने ती सदस्यले जनआस्थालाई सुनाए ।

टिप्पणीहरू