द्वन्द्वकालको सकेट बम अझै फेला पर्दै

द्वन्द्वकालको सकेट बम अझै फेला पर्दै

रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मंगलबार बिहान फेला परेको सकेट बम निष्क्रिय बनाइएको छ ।

स्थानीय खेमबहादुर सुनारले खेतबारी खन्ने क्रममा प्लाष्टिकले बेरेको र तार जडान गरेको सकेट बम फेला परेको हो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बम निष्क्रिय गराएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील थापाको कमाण्डमा गएको ६ जनाको टोलीले बमलाई निष्क्रिय बनाएको हो ।
उक्त सकेट बम द्वन्द्वकालमै छोडिएको हुनसक्ने बताइएको छ ।

टिप्पणीहरू