दुइटीको लफडामा गरिबको दुर्दशा

मन्त्रालयदेखि संसदीय समितिसम्म दुई महिलाबीच घम्साघम्सी चल्दा सोझा नेपालीका छोराहरुले रोएर बस्नुपरेको छ । गत असारको काबुल घटनापछि वैधानिक रुपमा नेपाली कामदार अफगानिस्तान पठाउने क्रम सरकारले रोकेको थियो ।

काबुल बम विष्फोटमा १२ नेपाली मारिएपछि नेपाल सरकारले सेक्युरिटीका लागि जाने दुबई, कतार र मलेसियामा पनि रोक लगायो । तर, संसदको श्रम समितिले भदौमै अफगानिस्तानमा नेपाली सेक्युरिटी गार्ड पठाउन अनुमति दिने गरी मन्त्रालयलाई सिफारिस ग¥यो । जोखिमपूर्ण देशमा नेपाली पठाउन अनुमति दिने त्यही समितिले कुनै समस्या नरहेका दुबई, कतार, मलेसियामा भने गार्ड पठाउन आनाकानी गर्न थाल्यो । दुई महिनाका लागि रोकिएको भनिएको सेक्युरिटी गार्ड पठाउने क्रम तीन महिना पुग्दा पनि खुलेको छैन ।

यसबाट नेपालका म्यानपावर कम्पनीहरुको ठूलै छटपटाहट शुरु भयो । व्यवसायीले मन्त्री दीपक बोहोरादेखि श्रम समितिका सभापति प्रभु साहसम्मलाई भेटे । कुरा गर्दा नराम्रो केही भन्दैनन्, तर ती देशमा गार्ड पठाउने अनुमति पनि दिँदैनन् । यसरी झण्डै दुई सय म्यानपावर कम्पनीबाट ५० हजार भन्दा बढी नेपाली युवा खाडीका विभिन्न मुलुकमा चौकिदारी जान भनेर काठमाडौंमा बिचल्ली परिसकेपछि कुरा बल्ल खुल्यो, झगडा रहेछ जम्मा दुई महिलाबीच ।

राप्रपा नेपालबाट समानुपातिक सांसद बनेकी कमला शर्मा लाजिम्पाटस्थित रिजा ओभरसिजकी साहुनी हुन् । उनको ठूलै दुश्मनी रहेछ, एसआरएस ओभरसिज चलाउने अर्की खेलाडी सुभद्रा मिश्रसँग । कमलाको चल्तीफिर्ती सुभद्राले देखि नसहने, सुभद्राको भलो कमलाले कहिल्यै नचिताउने । सुभद्रा दुबईका निम्ति सेक्युरिटी गार्ड मात्र पठाउने काम गर्छिन् ।

नेपालबाट दुबई जाने सबभन्दा बढी सेक्युरिटी गार्ड नै एसआरएसबाट हुने गरेका छन् । हिजोआज मन्त्री दीपक बोहोराकहाँ कमला र सुभद्रा दुबैको म्याराथुन चल्न थालेको छ, एउटीले खोल्नै हुन्न भन्ने, अर्कीले खोलिहाल्नुपर्छ, परेको व्यहोरौँला भन्ने † यस्तो रमिता देख्न थालेपछि म्यानपावर व्यवसायीहरूले आजकल मन्त्रीसँग गनगन गर्न छाडेका छन् ।

टिप्पणीहरू