प्रभू साहकी पत्नीको पद हाललाई जोगियो

प्रभू साहकी पत्नीको पद हाललाई जोगियो

सर्वोच्च अदालतले एमाले प्रवेश गरेका माओवादी केन्द्रका दुई मेयरलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ । माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारवाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले निवेदकले माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेकाले पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश गरेको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित भएका उनीहरूले दल त्यागेपछि माओवादी केन्द्रीय समितिले कारबाहीको निर्णय गरेको थियो । सोही निर्णयको आधारमा दल त्याग गरेको भन्दै निर्वाचन आयोगले उनीहरुसहित बिभिन्ना स्थानिय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो ।

कारबाहीविरुद्ध प्रभु साहको पत्नीसमेत रहेकी मौलापुरकी मेयर साहले हिजो रिट हालेकी थिइन् । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कानुनको गम्भीर व्याख्या निहित रहेको,राजीनामा नदिएको,अर्को दलको सदस्यता नलिएको,अर्को दल गठन गरेको यकिन नभएकाले प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाका प्रमुखहरूले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्नू भनेको छ ।

यसअघि चुडालकै इजलासले ह्वीप उल्लंघनको कारबाहीमा परेका जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्बहालीको आदेश सुनाएकोमा पछि भ्याकेटद्वारा बदर भएको थियो ।

[real3dflipbook pdf=”https://www.janaaastha.com/wp-content/uploads/2021/06/pravu-shah-wife.pdf”]

टिप्पणीहरू