बागलुङमा सातौँ पटक निषेधाज्ञा लम्बियो

बागलुङमा सातौँ पटक निषेधाज्ञा लम्बियो

कोरोना भाइरसको संक्रमण कम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले बागलुङमा सातौं पटक निषेधाज्ञाको अवधि थप गरेको छ । निषेधाज्ञालाई केही खुकुलो बनाएर असार २५ गतेसम्म लम्ब्याइएको हो ।

मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

आगामी एक साता बागलुङमा होटल, यातायात, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिम हललगायतका केही व्यवसाय बाहेक सबै पसल बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्ने गरेका छन् ।

निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय यथावत छ । अन्य चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनलाई पनि जोर बिजोरमा सञ्चालन गर्न दिने यसअघिको निर्णय पनि यथावत रहेको बताइन्छ ।

जिल्लाका बैंक तथा वित्तिय संस्था सहकारी संस्थालाई बिहान ९ बजेदेखि १२ बजेसम्म हप्ताका सबै दिन खोल्न दिने निर्णय भएपछि बजारमा चहलपहल ह्वात्तै बढेको छ । जिल्लामा अहिले पनि २ सय ६७ जना सक्रिय कोरोना संक्रमित छन् ।

टिप्पणीहरू