झापामा करणी गर्ने र बर्दियामा घरमूली मार्ने पक्राउ

झापामा करणी गर्ने र बर्दियामा घरमूली मार्ने पक्राउ

झापामा २१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–३ पुलचोकका राजु थापा भनिने २४ वर्षीय नुर खान पक्राउ पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–११, बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले खानलाई हिजो पक्राउ गरेको हो ।

यस्तै, कुटपिट गरी हत्या गरेको अभियोगमा बर्दियामा आमा र छोरा पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–४, बादरभरियाका ३८ वर्षीय लक्षिराम थारुको कुटपिटबाट हत्या भएको अभियोगमा उनकै श्रीमती ३८ वर्षीया सिता थारु र १८ वर्षीय छोरा किशोरलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न आमा र छोरालाई पक्राउ गरेको हो ।

टिप्पणीहरू